‘नेपालमा आजसम्म चाहिँ के उत्पादन भयो’

राष्ट्रिय योजना आयोगका पूर्व–उपाध्यक्ष दीपेन्द्र बहादुर क्षेत्रीले ब्यापार घाटा १९ करोड रहेको बताएका छन्। 

नेपाल उद्योग ब्यापार महासंघ काठमाडौंले आयोजना गरेको एउटा कार्यक्रममा उनले भने, ‘हामीले धेरै पहिलेदेखि प्राथमिकता दिएको विषय आर्थिक हो। त्यसैले सरकारभित्र र बाहिर रहेकाहरूले सिपयुक्तहरूलाई सहयोग गर्नुपर्छ।’

‘जनै पूर्णीमा मनाउँदा जनैसमेत अन्य देशबाट लिनुपर्छ’ उदाहरण दिँदै पूर्व–उपाध्यक्ष क्षेत्रीले ‘नेपालमा आजसम्म चाहिँ के उत्पादन भयो?’ उनले प्रश्न गरेका छन्। ‘यो अनौठौ मान्नु पर्दैन। आज सम्म के परिवर्तन भयो त। सरकारमा रहेकाहरूको थाहा पाएनन् कि मैले अनुभुति गर्न सकिनँ,’ उनले भने।

‘कर मुल्य दर हेर्दा हेरिसक्नु छैन यसरी आएको कर प्रयोग गर्न नसके निकै समस्या हुने देखिन्छ। के सबै भएको कुरा प्रयोग गर्न हुने खाने हुनै पर्ने हो त। लागत मुल्य मात्र बढ्ने तर आन्दामी के त,’ क्षेत्रीले प्रश्न गरे। 

उनले हाल देशको आन्दानी निकै खस्किएको समेत बताएका छन्। ‘सेवा गर्ने ठाउँहरूले समेत पैसा कमाउन समय हेरेर काम गर्दै गरेको देखिन्छ। विकासको मुख्य आधार भनेकै उद्योग हो। नेपालमा भएको कुरा ५० प्रतिशत मात्र प्रयोग गर्न सके मात्र पनि धेरै कुरा गर्न सक्किन्छ,’ उनले भने।

प्रकाशित मिति: : 2022-09-15 12:36:00

प्रतिकृया दिनुहोस्