जबरासँग आज पनि बयान लिँदै महाभियोग सिफारिस समिति

संसदको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज शुक्रबार पनि बयान लिँदैछ।

जबरासँग पूरक प्रश्न गर्न आज बिहान ९ बजे बैठक डाकिएको छ। 

समितिले यसअघि उनीसँग ४३ वटा प्रश्न सोधिसकेको छ। 

बयानका क्रममा जबराले सात जना वकिलको नाम लिएका थिए। समितिले बिहीबार उनीहरुसँग सोधपुछ  गरेको थियो। 

सर्वोच्चका ६ जना बहालवाला न्यायाधीश र ४ पूर्वप्रधानन्यायाधीशलाई समितिले छलफलका लागि बोलाए पनि उनीहरू उपस्थित भएनन्।

प्रकाशित मिति: : 2022-09-16 07:25:00

प्रतिकृया दिनुहोस्