चोलेन्द्र मानेनन् आफ्नो बयानमा हस्ताक्षर गर्न 

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफूले दिएको बयानमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन्।

लिखितरूपमा उतारिएको बयान  हस्ताक्षरका लागि दिइएपछि राणाले अस्वीकार गरेका हुन्।

बयानमा हस्ताक्षर गर्न नमानेपछि हाल १७४ पेजको बयान पढेर जबरालाई सुनाउने काम भइरहेको छ।

सबै पढिसकेर हस्ताक्षर गराउँदा कम्तिमा पाँच घण्टा लाग्ने महाअभियोग सिफारिस समितिका सदस्यहरुको अनुमान छ।

अहिले महाअभियोग सिफारिस समितिको बैठक ४५ मिनेटका लागि स्थगित गरिएको छ।


 

प्रकाशित मिति: : 2022-09-16 12:10:00

प्रतिकृया दिनुहोस्