पहिरोले घर पुरिँदा एकै परिवारका ९ जना बेपत्ता

अछामको तुर्माखाँद गाउँपालिका वडा–५ काडाचौरमा शनिबार बिहान ४ बजे पहिरोले २ घर पुरिँदा एकै परिवारका ९ जना बेपत्ता भएका छन्।

पहिरोभित्र केही शव देखिएको स्थानीयले बताएका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डिएसपी नारायण डाँगीले बताएका छन्।

४ दिनदेखि निरन्तर आएको वर्षाले बाटो अबरुद्ध भएका कारण प्रहरी घटना स्थल पुग्न नसकेको डिएसपी डाँगीले बताएका छन्।

यस्तै, जिल्लाको ढकारी गाउँपालिका वडा–६  सिमानेमा स्थानीय हर्क ब बुढाको घर पहिरोले भत्किदा १ जनाको  मृत्यु २ जना घाइते छन्।

प्रकाशित मिति: : 2022-09-17 10:18:00

प्रतिकृया दिनुहोस्