सरकारले ‘नजरबन्द’मा राखेको प्रतिक्रिया दिएपछि चोलेन्द्रकाे निवासमा पुग्यो मानवअधिकार आयोगको टोली

File Photo
File Photo

राष्ट्रिय मानवअधिकार आयोगको एक टोली अहिले बालुवाटारस्थित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको निवासमा पुगेको छ।

जबराले आफूलाई सरकारले ‘नजरबन्द’मा राखी बाहिर निस्कन नदिएको प्रतिक्रिया दिएपछि मानवअधिकार आयोगको टोली उनको निवासमा पुगेको हो।

‘प्रधानन्यायाधीशलाई घरबाट बाहिर निस्किन दिइएन भन्ने कुरा आयो, त्यसैले के भएको रहेछ भनेर बुझ्न हाम्रो टोली उहाँको निवासमा गएको हो,’ राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले भने।

संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि जबरा निलम्बनमा परेका थिए। गएराति १२ बजेबाट सांसदको कार्यकाल सकिएपछि महाभियोग निष्कृय भएको जनाउँदै उनले आजबाट काममा फर्कने तयारी गरेका थिए।

तर सरकारले भने उनलाई काममा फर्किन नदिन ठुलो संख्यामा सुरक्षा कर्मी उनको निवासमा खटाएको छ  र उनलाई घरबाट बाहिर निस्कन दिएको छैन। यसैबीच राष्ट्रिय मानवअधिकार आयोगको टोली उनको निवासमा पुगेको हो।

प्रकाशित मिति: : 2022-09-18 14:10:00

प्रतिकृया दिनुहोस्