बहिनी छिन् काँधमा, पढाइ चल्छ साथमा

व्यस्त राजमार्ग। तीव्र गतिमा गुडिरहेका सवारीसाधन। उस्तै छ यात्रुको आवतजावत। लाग्छ, गन्तव्य पुग्न सबैलाई हतार छ। तर, त्यही राजमार्गछेउ हिँडिरहेकी ६ वर्षीया मनीषा परियारलाई कुनै हतार देखिएन। उनी सुस्त चालमा आफ्नो गन्तव्य पछ्याउँदै थिइन्।

यी दुई दृश्य मकवानपुरको मनहरी गाउँपालिका–९ स्थित राजमार्गका हुन्। जसमा मनीषाको यात्रा फरक थियो। उनी सानी छिन्। अभिभावकको सहारा लिएर हिँड्नुपर्ने उमेर छ। तर, एक वर्षकी बहिनी प्रीतिलाई पिठ्युँमा बोकेर स्कुलबाट घर फर्किरहेकी थिइन्।

बहिनीलाई बोकेर हिँडिरहँदा पछि–पछि थिइन् उनकी हजुरआमा मीना। दमको बिमारीका कारण ५५ वर्षीया मीनालाई छिटो र धेरै हिँड्न गाह्रो छ। त्यसैले उनी सम्हालिएर र सुस्त गतिमा पाइला लम्काइरहेकी थिइन्। बेला–बेला टक्क अडिएर अघिअघि हिँडिरहेकी नातिनीलाई बिस्तारै हिँड्न सुझाउँथिन्।

प्रकाशित मिति: : 2022-09-20 07:54:00

प्रतिकृया दिनुहोस्