मेक्सिकोमा सशस्त्र समूहको हमलामा १० जनाको मृत्यु

बिएल संवाददाता

मेक्सिको सिटी
File Photo
File Photo

मक्सिकोको एक औद्योगिक क्षेत्रको पोखरी हलमा सशस्त्र आक्रमणकारीहरूले १० जना मानिसको  हत्या गरेका छन्। गुआनाजुआटो राज्यको तारिमोरो नगरपालिकामा उक्त नरसंहार भएको क्षेत्रीय अभियोजकको कार्यालयले जनाएको छ।

घटनास्थलमा नौ पुरुषको शव फेला परेको र अर्का एक जनाको अस्पतालमा मृत्यु भएको बताइएको छ।

गुआनाजुआटोका गभर्नर डिएगो सिन्ह्यु रोड्रिग्वेजले उक्त घटनलाई  ‘कायरपूर्ण आक्रमण’ भनेका छन् र व्यवस्था पुर्नस्थापित गर्ने वाचा गरेका छन्।

सान्ता रोजा डे लिमा र जालिस्को न्यू जेनेरेसन कार्टेल नामक दुई समूहबीचको  विवादका कारण गुआनाजुआटो मेक्सिकोको सबैभन्दा हिंसात्मक राज्य बनेको छ। जसले लागुऔषधको तस्करी र इन्धन चोरीको नियन्त्रण गर्ने क्रममा हिंसा बढेको छ।

सन्् २००६ को डिसेम्बरदेखि सरकारले एक विवादास्पद सैन्य कारबाही एंटी ड्रग अपरेसन सुरु गरेको छ। त्यस यता ३ लाख ४० हजार जनाको हत्या भएको तथ्यांक छ।

प्रकाशित मिति: : 2022-09-24 07:18:00

प्रतिकृया दिनुहोस्