मोरङमा अपांगता भएकी युवती बलात्कार गरेको आरोपमा एक जना पक्राउ 

मोरङमा अपांगता भएकी एक युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

लेटाङ नगरपालिका–९ की १९ वर्षीया शारीरिक अपांगता भएकी युवतीलाई बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बलात्कार गरेको आरोपमा लेटाङ–३ का ५६ वर्षीय शरणबहादुर राईलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।

शनिबार राति युवतीलाई फकाएर गोठमा लगी बलत्कार गरेको पीडितका प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पीडित पक्षको उजुरीका आधारमा राईलाई पक्राउ गरी घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रकाशित मिति: : 2022-09-27 11:15:00

प्रतिकृया दिनुहोस्