दशैंमा मासु खाँदा ध्यान दिनुपर्ने कुरा !

Bong Eats
Bong Eats

नेपाली समाजमा दशैं आउनुको अर्थ हो, मिठो खानेकुरा खानु र रमाइलो गर्नु। त्यसैले दशैं नजिकिएसँगै मानिसहरु घरघरमा मासु ओसार्न थाल्छन् र दिनहुँ मासुको सेवन गर्छन्। तर दशैं आयो भन्दैमा मासु खाँदा धेरै कुराहरुलाई ध्यानमा राख्नु जरुरी छ।

दशैंमा मासु खाँदा यी कुरामा ध्यान दिनु आवश्यक छ–

दशैं हो भन्दैमा हामीले जनावरको सबै अंगको मासु खानु हुँदैन। हामीले जनावरको मुटु–कलेजो मिठो मानेर खाइरहेका हुन्छौँ तर त्यसमा चिल्लो पदार्थ भएका कारण स्वास्थ्यलाई हानी पुर्याउँछ।

हामीले दशैंमा मनाउनका लागि मासु खाने गछौँ तर मासु खाने बित्तिकै हामीले दही, आइसक्रिम लगायत क्रिमका परिकारहरुको प्रयोग गर्नु हुँदैन।

यदी दशैंको समयमा तपाईं आफूले आफैँलाई बिरामी भएको महसुस गर्नुहुन्छ, माछा–मासुको सेवन नगरेकै राम्रो हुन्छ।

दशैंमा अधिकांश जसो मानिसहरुले मासु पकाएर भन्दा पनि पोलेर खान रुचाउँछन् तर पोलेको मासु धेरै खाएमा स्वास्थ्यलाई असर गर्छ।

दशैंमा मासु खानका लागि चिनेकै पसलबाट मासु किन्दा राम्रो हुन्छ। जथाभावी पसलमा मरेको जनावरको मासु बेच्ने हुँदा तस्तो मासु खानाले स्वास्थ्यलाई हानी पुर्याउँछ।  

 

प्रकाशित मिति: : 2022-10-04 22:10:00

प्रतिकृया दिनुहोस्