उदित नारायण झाकाे मृत्युकाे खबर फैलाएर भ्रम छर्नेहरूविरूद्ध प्रहरीमा उजुरी

फाइल तस्विर
फाइल तस्विर

गायक उदित नारायण झालाई ह्रदयघात भएर उनको निधन भएको खबर निराधार भएको र गायक झाको स्वास्थ्य सामान्य रहेको उनका म्यानेजर अनुज मेहताले जानकारी दिएका छन्।

मेहताले यस्तो झुटो खबर फैलाउनेलाई कडा सजाय दिन प्रहरीमा उजुरी गरिएको र प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको पनि बताए। यसको साथै यस्तो झुटो खबर फैलाएर त्रास सिर्जना गर्नेकाे बारेमा कसैलाई जानकारी भए नजिकको प्रहरी चौंकीमा खबर गर्न वा मेहताको भारतको फोन नम्बर +९१ ७०१६७१९५०२ मा खबर गरिदिन मेहता र अर्का सहयोगी प्रतिक झाले सर्वसाधारणसँग अनुरोध गरेका छन्।

यसैबीच घाटामा चलिरहेको एउटा नेपाली दैनिक पत्रिकाले गायक झासँग साझेदार बन्न गरेको आग्रहलाई गायक झाले अस्विकार गरेपछि उक्त दैनिक पत्रिकाले गायक झाको लगातार मान मर्दन गर्दै आएको छ। एउटा विश्वस्त सुत्रका अनुसार यो अनर्गल हल्ला पनि त्यही दैनिक पत्रिकाले चलाएको हुन सक्ने अनुमान गरिएको छ र यो समाचार तयार पार्दासम्म यसको औपचारिक पुष्टि हुन् सकेको छैन।

प्रकाशित मिति: : 2022-10-07 08:26:00

प्रतिकृया दिनुहोस्