१५ पुसमा ‘कौसिद’

File photo
File photo

बड पिक्चर्सको ब्यानरमा निर्माण भएको नेपाली फिल्म ‘कौसिद’ आगामी १५ पुसमा रिलिज हुने भएको छ। अभिनेत्री ऋचा शर्माको प्रस्तुति रहेको फिल्ममा कुमार भास्करको निर्देशन छ।

फिल्ममा भोलाराज सापकोटा, ऋचा शर्मा, रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ। फिल्मका निर्माता केदार भुसाल हुन् भने कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ र सह–निर्मातामा लक्ष्मण बानियाँ रहेका छन्।

फिल्ममा नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाको पटकथा रहेको छ। निसल पौडेलको छायांकन रहेको फिल्ममा मित्र डि. गुरुङ र भीम विश्वकर्माको सम्पादन छ।

फिल्मले ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइ जोडिएको कथालाई बोल्नेछ। फिल्मको वितरण आरआर फिल्म्सले लिएको छ। 

प्रकाशित मिति: : 2022-10-10 13:51:00

प्रतिकृया दिनुहोस्