संसारका सबैभन्दा महँगा पाँच पुस्तक

गुटेनबर्गले सन् १९३९ मा मुद्रण प्रेसको आविष्कार गर्नुअघि पुस्तकहरू हातले लेखिन्थ्याे। त्यतिबेला पुस्तकहरू महँगा र दुर्लभ थिए। तर, अहिले पुस्तक मुद्रणकाे प्रक्रिया नै फेरिएकाे छ। अहिले किताबहरू डिजिटल रूपमा समेत आउन थालेका छन्। त्यसैले अहिले किताबहरू सहज र सुलभ रूपमा उपलब्ध हुन्छन्।

तर, कुनै समय पुस्तकहरूकाे मूल्य यति महँगा थिए कि ती सुन्दा अहिले पनि हामीलाई अचम्मित बनाउँछ। हाे, यहाँ हामीले अहिलेसम्म बेचेका सबैभन्दा महँगो पुस्तकहरू र तिनीहरूको मूल्यबारे जानकारी दिन खाेजेका छाैँ। याे सूचीमा भएका अधिकांश पुस्तकहरू प्राप्त गर्न निकै गाह्रो छ। तिनीहरू धेरै महत्त्वपूर्ण र ऐतिहासिक अभिलेखहरू हुन्। हामी तपाईंलाई संसारमा बेचिएका सबैभन्दा महँगा पाँच पुस्तकबारे बताउने छाैँ:


१) द बुक अफ मोर्मोन

मूल मूल्य : ३५ मिलियन डलर

मुद्रास्फीति-समायोजित मूल्य : ३७.३५ मिलियन डलर।

द बुक अफ मोर्मोन संसारको सबैभन्दा महँगो पुस्तक हो। यसकाे मूल मूल्य ३५ मिलियन डलर रहेकाे छ। यसमा ईसा पूर्व २२०० र ४२१ ईस्वीबीच बस्ने अगमवक्ता (उपदेश दिने व्यक्ति)हरूबाट लेखित पाठहरू समावेश गरिएको छ। ३५ मिलियन डलर मूल्य निर्धाण गरिएकाे याे पुस्तक हालसम्म बिक्री भएकाे सबैभन्दा मूल्यवान पुस्तक हाे।

यसकाे पाण्डुलिपि सन् १८३० मा लेटर-डे सेन्ट चर्चका संस्थापक जोसेफ स्मिथले लेखेका थिए। यसलाई द बुक अफ मोर्मन: एन अकाउन्ट राइटन बाइ मोर्मनको हातले नेफिको प्लेटबाट लिइएको प्लेटमा लेखिएको थियो।

याे पुस्तकको १ सय ५० मिलियनभन्दा बढी प्रतिहरू छापिएको छ। भने। अन्य १ सय १२ भाषाहरूमा अनुवाद गरिएको छ। मूल पाठको प्रतिलिपि किन्नको लागि चर्च अफ जेसस क्राइस्ट अफ लेटर-डे सेन्ट्सले ३५ मिलियन डलर तिरेकाे थियाे।

२) कोडेक्स लेसेस्टर लियोनार्डो दा भिन्ची

मूल खरिद मूल्य : ३०.८ मिलियन डलर

मुद्रास्फीति-समायोजित मूल्य : ५४.४ मिलियन डलर

कोडेक्स लेसेस्टर संसारमा बेचिने दोस्रो सबैभन्दा महँगो पुस्तक हो। यो सन् १५१० मा प्रकाशित भएको थियो। यसमा लियोनार्डो द भिन्चीको केही वैज्ञानिक लेखहरु समावेश छन्।

यो थोमस कोक, अर्ल अफ लेस्टरको नाममा राखिएको थियो, जसले सन १७१९ मा ७२ पृष्ठको कोडेक्स किनेका थिए। सन् १९९४ मा यसलाई बिल गेट्सले ३०.८ मिलियन डलरमा किनेका थिए।

कोडेक्समा खगोल विज्ञान, जीवाश्महरूको गुण, पानी, चट्टान र प्रकाशको बारेमा अध्ययनहरू समावेश छन्। कोडेक्स लेसेस्टर लियोनार्डो द भिन्सीको विज्ञान पत्रिका थियो। यो सन् १९९४ मा बिल गेट्सले ३०.८ मिलियन डलरमा खरिद गरेका थिए। जुन अहिले लगभग ५४.४ मिलियन डलर बराबर हाे। यो खरिद गरेपछि गेट्सले कोडेक्स स्क्यान गरे र विन्डाेज् ९५ को लागि स्क्रिनसेभरमा परिणत गरे। उनले केही तस्बिरहरू डिजिटल रूपमा स्क्यान गरेका थिए। विन्डाेस् ९८ प्लसकाे लागि वालपेपरको रूपमा जारी गरियो।

३) द गाेज्पेल्स अफ हेनरी द लायन

मूल मूल्य : २८ मिलियन डलर

मुद्रास्फीति-समायोजित मूल्य : ३० मिलियन डलर

द गाेज्पेल्स अफ हेनरी द लायन साहित्यका उत्कृष्ट टुक्राहरू हुन्। यो १२औं शताब्दीमा भर्जिन मेरी वेदीको लागि सेन्ट ब्लेजको एबे ब्रिन्स्विकको चर्चमा बनाइएको थियो।

जर्मन सरकारले धेरै व्यक्तिहरूकाे सहयोगमा सन् १९८३ मा एक लिलामीमा पुस्तकको लागि २८ मिलियन डलर तिरेकाे थियाे। पुस्तकलाई १२औं शताब्दीको रोमनेस्क प्रबुद्ध पाण्डुलिपिको उत्कृष्ट कृति मानिन्छ। याे कुल २ सय ६६ पृष्ठहरूमा समावेश छ।

द गाेज्पेल्स अफ हेनरी द लायन Wolfenbuttel को Herzog August Bibliothek मा राखिएको छ। त्यहाँ प्रत्येक दुई वर्षमा एक पटक घुमाइन्छ। बिल गेट्सले ३०.८ मिलियन डलरमा लियोनार्डो द भिन्चीको पाण्डुलिपि कोडेक्स लेसेस्टर किन्दासम्म द गाेज्पेल्स अफ हेनरी द लायन विश्वको सबैभन्दा महँगो पुस्तक मानिन्थ्याे।

४) म्याग्ना कार्टा

मूल मूल्य : २४.५ मिलियन डलर

मुद्रास्फीति-समायोजित मूल्य : २६.९ मिलियन डलर

म्याग्ना कार्टा पहिलो पटक १२१५ मा प्रकाशित भएको थियो र आज पनि प्रयोगमा छ। शाही चार्टर क्यान्टरबरीको आर्कविशप स्टिफन ल्याङ्गटनद्वारा लेखिएकाे थियाे।

यो पुस्तक सन् २००७ मा अरबपति रोस पेरोटलाई २४.५ मिलियन डलरमा बेचेका थिए। याे अहिलेसम्म बेचेको सबैभन्दा महँगो पुस्तकहरू मध्ये एक हाे। यो १७ संस्करणहरूमा प्रकाशित भएको थियो।

राजा र उनको सरकार कानुनभन्दा माथि छैन भनेर आधिकारिक रूपमा घोषणा गर्ने यो पहिलो दस्तावेज थियो। यसको उद्देश्य राजतन्त्रहरूलाई उनीहरूको शक्तिको शोषण गर्नबाट रोक्न र शाही अधिकारमा सीमाहरू राख्नु थियो।

५) द बे साम् बुक

खरिद मूल्य : १४.२ मिलियन डलर

मुद्रास्फीति-समायोजित मूल्य : १५.४६ मिलियन डलर

याे पुस्तक संसारको पाँचौं सबैभन्दा महँगो पुस्तक हो। यो ब्रिटिश उत्तरी अमेरिकामा छापिएको पहिलो पुस्तक थियो। यो पुस्तक १६४० मा प्रकाशित भएको थियो।

पहिलो तीर्थयात्रीहरू प्लाइमाउथ रकमा आइपुगेको २० वर्षपछि याे पुस्तक लेखिएकाे थियाे। त्यसका मौलिक संस्करणको ११ प्रतिहरू अझै अस्तित्वमा छन र ती मध्ये एउटा नोभेम्बर २०१३ मा १४.५ मिलियन डलरमा बेचिएकाे थियाे।

– एजेन्सीहरूकाे सहयाेगमा

प्रकाशित मिति: : 2022-10-18 06:00:00

प्रतिकृया दिनुहोस्