एलन मस्क बने ट्वीटरको मालिक, सीईओ अग्रवाल बर्खास्त

Mike Blake/Reuters

विश्वकै धनाढ्य एलन मस्कले सामाजिक सञ्जाल कम्पनी ट्विटर किनेका छन्। ट्विटरको स्वामित्व आफूले लिएपछि ट्वटीरका उच्च पदस्थ अधिकारीलाई बर्खास्त गरेका छन्।

 ४४ अर्ब डलर डिल क्लोज गरेसँगै  मस्कले  ट्विटरका सिइओसहित उच्च कर्मचारी बर्खास्त गरेका हुन्।

द न्युयोर्क टाइम्सका अनुसार ट्विटरका सीईओ पराग अग्रवाल, कानूनी, नीति तथा ट्रस्ट प्रमुख विजया गड्डे, मुख्य वित्तीय अधिकारी नेड सेगल र केही अन्य उच्च अधिकारी बर्खास्त गरेका छन्।

मस्कले ट्विटर किन्नको लागि आफ्नो सम्झौता पूरा गर्न शुक्रबारको म्यादको सामना गर्नुपरेको छ। कार्यकारीहरूलाई बर्खास्त गर्दा उनले अधिग्रहण बन्द गरेका थिए कि थिएनन् भन्ने स्पष्ट पारिएको छैन्। उनी बुधबार सान फ्रान्सिस्कोमा कम्पनीको मुख्यालय पुगेका थिए र इन्जिनियरहरू र विज्ञापन कार्यकारीहरूसँग भेटेका थिए।

मस्कले आफ्नो ट्विटर प्रोफाइल पनि परिवर्तन गरेका छन्। प्रोफाइलमा आफ्नो स्थान परिवर्तन गरेर ट्विटर मुख्यालय बनाएका छन्।

प्रकाशित मिति: : 2022-10-28 07:39:00

प्रतिकृया दिनुहोस्