रोल्पामा बस दुर्घटना हुँदा ८ जना घाइते, दुई जना गम्भीर

रोल्पामा तिहार मनाएर घर फर्किरहेका यात्रु बोकेको बस आज विहान दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

रुन्टिगढी गाउँपालिका–८ मेलटाकुरा देखी दाङको तुल्सीपुरका लागि छुटेको रा १ ख ७३८ नम्बरको बस विहान ९ बजेतिर पानीगैरा भन्ने ठाउँमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय होलेरीले जनाएको छ।

१५ जना सवार उक्त बस सडकमै पल्टिएको छ। घाइतेको उपचारका लागि प्रादेशिक अस्पताल तुल्सीपुर दाङ पठाइएको छ।

चालक दाङ तुल्सीपुर उपमहानगरपालिका–१९ का केशव खड्का फरार रहेको प्रहरीले जनाएको छ।

तुल्सीपुर–१८ वस्ने ४५ वर्षका कलिराम परियार र उनकी छोरी ४ वर्षीया अन्जना परियार गम्भीर घाइते भएको जनाइएको छ।

प्रकाशित मिति: : 2022-10-29 14:29:00

प्रतिकृया दिनुहोस्