रामेछापमा रास्वपाकाे प्रशिक्षण कार्यक्रम सम्पन्न

राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेशले रामेछापमा निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकाे छ। 

रास्वपाले पार्टीका उम्मेदवार तथा नेता/कार्यकर्ताकाे सहभागीतमा आइतबार बिहान प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकाे हाे।

राष्ट्रिय स्वतन्त्र पार्टी  रामेछापका प्रतिनिधिसभा सदस्य प्रत्यक्ष तर्फका उम्मेदवार समिक्षा श्रेष्ठको उपस्थिति रहेको कार्यक्रममा प्रशिक्षक बागमती प्रदेश सभापति दीपक विश्वकर्मा तथा बागमती प्रदेश प्रवक्ता उत्सव अर्यालले चुनाव लक्षित प्रशिक्षण दिनुका साथै नेता र उम्मेदवारसँग अन्तरक्रिया र शुभकामना आदानप्रदान गरिएकाे थियाे।

कार्यक्रममा बागमती प्रदेश समितीका प्रचारप्रसार विभाग प्रमुख रविन पाण्डे, बागमती प्रदेश निर्वाचन परिचालन समिती संयोजक भरत गुरुङ लगायत जिल्ला समिति, पालिका समिति तथा वडा समितिका नेता तथा सदस्यहरुको उपस्तिथि रहेको थियो।

कार्यक्रममा आफ्ना मतदाताहरूसँग प्रतिनिधिसभा उम्मेदवार श्रेष्ठसँग अन्तरक्रिया गर्नुका साथै प्रवक्ता अर्याल र सभापति विस्वकर्माले उपस्थितित नेतालाई मत परिवर्तनकाे लागि जनतामा जान समेत आग्रह गरेका थिए। 

प्रकाशित मिति: : 2022-10-30 12:18:00

प्रतिकृया दिनुहोस्