मेलै निर्वाचन आयोगसँग मागेको उत्तर अहिलेसम्म पाइनँ: डा. तोसिमा कार्की (भिडियोसहित)

राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर– ३ मा उम्मेदवारी दिएकी डा.तोसिमा कार्कीको उम्मेदवारी खारेजीको विरोधमा सोमबार काठमाडाैँकाे माइतीघरमा प्रदर्शनी भएकाे छ।

नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भइ लाभको पदमा बहाल रहेको भन्दै निर्वाचन आयोगले उनको उम्मेवदारी खारेज गरेको थियो। शनिबार बसेको बैठकले उनलाई अयोग्य ठहर गरेपछि उनले सोमबार जिल्ला अदालतमा रिट दर्ता गराएकी छिन्। आफूले गत भदौ २३ गते आफ्नाे पदबाट राजीनामा दिएको र उक्त पत्र निर्वाचन आयोगलाई बुझाएकाे डा.कार्कीले बताइन्।

कार्की आफूले सरकारको कुनै भत्ता नलिएको समेत स्पष्ट पारिन्। ‘जब बैठक भत्ता प्रदान गरिन्छ, बैठक भत्ता दिन्छ, सरकार भत्ता तब मात्र लिइन्छ जब अनुगमनको लागि मात्र प्रदान गरिन्छ,’ ताेसिमाले माइतीघरकाे विराेध सभा बाेल्दै भनिन्,‘देशभरका ४ हजार डाक्टरले मलाई योग्य मानेर निवार्चित बनाउनुभयो, अहिले यति ठुलो पद सम्हालेको म कसरी अयाेग्य भएँ ?’ उनले निर्वाचन आयाेगकाे निर्णयप्रति आशंका व्यक्त गरिन्।

उनकाअनुसार मनोनय दर्ता गर्नु केही दिनअगाडि नै निर्वाचन आयोगसँग आफ्नाे पदबाट राजीनामा दिनुपर्न कि नपर्न भनेर सोधेकी पनि थिइन्। तर, त्यसकाे जवाफ अहिलेसम्म आएकाे छैन। तोसिमाको समर्थनका लागि काठमाडौँ क्षेत्र नंं. १ का स्वतन्त्र उम्मेवदार पुकार बमको पनि सहभागिता थियो। प्रदर्शनमा सहभागीले ‘हामीलाई न्याय चाहियो,’ डा. कार्कीलाई आयोगले अन्याय दियाे’, ‘युवालाई साथ दिऊ, नयाँ युग पाउँ’, 'परिवर्तनको पक्षमा उभिने हिम्मत गरौँ'लगायतका नारासहितका प्लेकार्ड बोकेका थिए।

प्रकाशित मिति: : 2022-10-31 14:33:00

प्रतिकृया दिनुहोस्