उल्लासपूर्ण मनाइयो रुरु क्षेत्रधाम रिडीमा हरिबोधनी एकादशी  

नेपालकै चारधाम मध्येको एक रुरु क्षेत्रधाम रिडीमा हरिबोधनी एकादशीको पूजा गरिएको छ।

एकादशस्को अवसरमा आज कालिगण्डी नदीमा स्नान गरि ऋषिकेश मन्दिरमा पूजाआजा गरिएको हो।

धार्मिक पर्यटनको प्रमुख गन्तव्य रहेको तीन जिल्लाको संगमस्थल रुरु क्षेत्रधाम रिडी सहित रानीमहल, राम्दी र केलादी क्षेत्रमा समेत श्रदालुभक्तजनको घुइँचो लागेको थियो।

हरिबोधनी एकादशीका अवसरमा पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगम स्थल रुरु क्षेत्र धाम रिडीमा स्नान गरि ऋषिकेश देवताको दर्शनको लागी भक्तजन पुगेका थिए। 

कालीगण्डकीमा स्नान गर्नाले मानिसले अन्जानमा गरेका सम्पूर्ण पाप नास हुने जनविश्वास रहेको पाईन्छ। यहाँ स्नान गर्न नेपालका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतका हिन्दु धर्मालम्बीहरु समेत आउने गरेका छन्। 

रुरु क्षेत्रमा भगवान ऋषिकेशको विशेष महत्व रहेको छ। भगवान ऋषिकेशलाई विष्णु भगवानको रुपमा हिन्दुधर्मालम्बीहरुले पुजाआजा गर्दै आएका छन्। 

मणिमुकुन्द सेन प्रथमले रुरु क्षेत्रको कालीगण्डकीमा स्नान गर्दा निधारमा ठोकिएको र सोही दिन राति भगवान प्रकट भएर कालीगण्डकी आसपासमै मन्दिर बनाएर सेवा गर्न आदेश आएपछि यसको धार्मिक महिमा अझै बढ्दै गएको ऋषिकेश मन्दिरका मुल पुजारी कृष्ण प्रसाद भट्टराईले बताए।

पाल्पा,गुल्मी र स्याङ्जाको संगमस्थल रिडिमा तीनमुखे पुल बनेपछि यहाँ आउने धार्मिक पर्यटकको आर्कषण झनै बढेको छ।

प्रकाशित मिति: : 2022-11-04 18:54:00

प्रतिकृया दिनुहोस्