परीक्षण अभावको परिणाम स्तन क्यान्सर

राजधानी दैनिक

डा प्रकाश बुढाथोकी

जटिल जनस्वास्थ्य समस्याका रूपमा देखा परेको क्यान्सरबाट ७० प्रतिशत अर्थात् मृत्यृको तेस्रो कारक विकासशील तथा कम आय भएका देशहरूमा र विकसित देशमा मृत्यृको दोस्रो कारकका रूपमा रहेको पाइन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरिमा हुने हरेक छ मृत्युमा एउटा क्यान्सरको कारणले हुन्छ । नेपालमा हर समयमा १ लाख बढी क्यान्सर पीडित छन । वार्षिक ४० हजार बिरामी थपिन्छन् । जसमा आधाभन्दा बढी महिला पर्दछन् । भयावहतालाई मध्यनजर गर्दे सचेतना जगाउन हरेक वर्ष विश्व क्यान्सर दिवस, स्तन क्यान्सर सप्ताह तथा जनचेतना महिना पनि मनाइन्छ तर संख्यामा कमी आउन सकेको छैन ।

स्तन क्यान्सर

विश्वमा महिलालाई लाग्ने क्यान्सरमध्ये सबैभन्दा बढी हरेक आठ महिलामध्ये एक महिला र हरेक १३ मिनेटमा एक जनाको मृत्यृवरण गराउने स्तन क्यान्सर हो । स्तन क्यान्सरमा १ प्रतिशत पुरुषमा पाइन्छ । नेपालमा ७ हजार बढीमा स्तन क्यान्सर छ । विकसित तथा पश्चिमी राष्ट्रहरूमा हरेक ८ महिलामा १ जनामा तथा एसियाली राष्ट्रमा हरेक २२ जनामा १ जनामा स्तनसम्बन्धी कुनै न कुनै जटिलता देखिने गरेको खोजमा देखिन्छ ।

प्रकाशित मिति: : 2022-11-06 17:23:00

प्रतिकृया दिनुहोस्