घोषणापत्रको ललिपप

निर्वाचनको मिति नजिकिँदै जाँदा दलहरूले चुनावी घोषणापत्र जारी गरिसकेका छन्। दसैं, तिहार र छठजस्ता राष्ट्रिय पर्वको कारण घोषणापत्र सार्वजनिकीकरण कार्य ढिला भएको यथार्थ बुझ्न सकिन्छ। अहिले चुनावी अभियानमा तीव्रता आएको छ। आम मतदाताको ध्यान दलहरूका घोषणापत्रमा भन्दा बढी नेता र उम्मेदवारको प्रचार शैली, हावभाव र अभिव्यक्तिमा केन्द्रित भएको पाइन्छ।

घोषणापत्रहरूमा जेजस्ता संकल्प वा प्रतिबद्धता उल्लेख भए पनि ती कुरा आम मतदाताका जानकारीमा पुगेका छैनन्। मतदाताले सुनेजानेका एजेन्डा भनेका नेता र उम्मेदवारले प्रचार–प्रसारका क्रममा दिने गरेका अभिव्यक्ति नै हुन्। जो क्रिया र प्रतिक्रियामा आधारित छन्। क्रिया–प्रतिक्रियालाई मतदाताले चुनावी एजेन्डा नमानेका हुनाले यसपटकको चुनाव एजेन्डाविहीन जस्तो देखिएको छ। खासगरी सत्ता गठबन्धनको चुनाव प्रचारशैली र एजेन्डाले आममतदातालाई निःशुल्क मनोरञ्जन प्रदान गरेको र त्यसैमा रमाइरहेको प्रतीत हुन्छ। सार्वजनिक भइसकेका दलका घोषणा पत्रहरूमा उल्लेख भएका प्रतिबद्धताले मतदातालाई खासै आकर्षित गरेको छैन।

प्रकाशित मिति: : 2022-11-07 08:17:00

प्रतिकृया दिनुहोस्