जलवायु कार्यका लागि विकासोन्मुख देशलाई वार्षिक १० खर्ब डलर आवश्यक

File photo
File photo

विकासोन्मुख देशहरूले दशकको अन्त्यसम्ममा जलवायु कार्यका लागि वार्षिक १० खर्ब डलर सुरक्षित गर्न लगानीकर्ता, धनी देशहरू र विकास बैंकहरूसँग मिलेर काम गर्न आवश्यक रहेको एक रिपोर्टले जनाएको छ।

इजिप्टमा कोप–२७ शिखर सम्मेलनमा जलवायु परिवर्तन वित्त सम्बन्धी वार्ता हुनुअघि जारी गरिएको प्रतिवेदनले उत्सर्जन घटाउन, लचिलोपन बढाउन, जलवायु परिवर्तनबाट हुने क्षतिसँग जुध्न र प्रकृति र भूमिको पुनःस्थापना गर्न कोष आवश्यक भएको बताएको छ।

‘विश्वलाई जलवायु वित्तमा एक सफलता र नयाँ रोडम्याप चाहिन्छ जसले सन् २०३० सम्म उदीयमान बजार र चीनबाहेक अन्य विकासोन्मुख देशहरूका लागि आवश्यक पर्ने बाह्य वित्तमा १० खर्ब डलर परिचालन गर्न सक्छ,’ वर्तमान र यसअघिको जलवायु सम्मेलन आयोजकद्वारा तयार पारिएको रिपोर्टमा भनिएको छ। 

यसैबीच इजिप्टमा जलवायु शिखर सम्मेलनमा प्रतिनिधिहरूले बुधबार वित्तिय मुद्दाहरूमा ध्यान केन्द्रित गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: : 2022-11-08 14:25:00

प्रतिकृया दिनुहोस्