डाेल्पाका १२ मतदान केन्द्रमा हेलिकप्टर प्रयोग गरिने !

डाेल्पाका ६८ वटा मतदान केन्द्र मध्ये १२ वटा मतदान केन्द्रका लागि हेलिकप्टर प्रयाेग गरिने भएको छ।

उपल्लो डाेल्पाका २२ मध्ये १२ वटा मतदान केन्द्रमा कर्मचारी,मतपत्र लगायत निर्वाचन सामग्री ल्याउन लैजान हेलिकप्टर प्रयाेग गरिने मुख्य निर्वाचन अधिकृतकाे कार्यालय डाेल्पाले जनाएको छ।

सदरमुकाम दुनैबाट चार देखि सात दिनसम्म लाग्ने उपल्लो डाेल्पाका डाेल्पाेबुद्व, छार्काताङ्साेङ् र शे-फाेक्सुन्डाे गाउँपालिकाका १२ वटा मतदान केन्द्रमा मतपत्र कर्मचारी लैजान र मतपेटिका ल्याउन हेलिकप्टर प्रयाेग गरिने मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिए।

भाैगाेलिक रुपमा विकट र भारि हिमपातका कारण निर्वाचनकाे पुर्व तयारी गर्न समस्या हुनेभएकाले पनि हेलिकप्टर माग गरिएकाे सुवेदीले बताए।

उपल्लो डाेल्पामा पर्ने २२ वटै मतदान केन्द्रका लागि हेलिकप्टरकाे पहल गरिए पनि निर्वाचन आयाेगले संवेदनशिलताकाे हिसाबमा १२ वटामामात्रै व्यवस्था गर्न सक्ने  उनले बताए।

तल्लो र माथिल्लो डाेल्पाका बाँकी मतदान केन्द्रहरुमा मतपत्र लगायतका निर्वाचन सामग्रीहरु घाेडा खच्चड र पिठ्युमा बाेकेरै ढुवानी सुरु गरिएको मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ।

त्यसैगरि जिल्लाका विभिन्न मतदान केन्द्रहरुमा निर्वाचन गराउन खटिएका कर्मचारीहरु,सुरक्षाकर्मीहरु मतदान केन्द्रहरुमा जान थालेका छन्।

प्रकाशित मिति: : 2022-11-14 13:38:00

प्रतिकृया दिनुहोस्