जुम्ला प्रदेश (क) मा स्वतन्त्र उम्मेदवार देवेन्द्र शाही विजयी, काे हुन् उनी ?

जुम्ला प्रदेश सभा (क) मा स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाही विजयी भएका छन्। प्रदेश सभा (क) मा खसेका कुल २४ हजार ९ सय ५८ मत खसेको थियाे। जसमा शाहीले ९ हजार छ सय ५४ मत सहित विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका ललितजंग शाहीले ७ हजार ७ सय ५५ मत प्राप्त गरेका छन् भने एमालेका धिरेन्द्रराज गिरीले ५ हजार ४ सय ६० मत प्राप्त गरेका छन्। त्यस्तै नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का राजेश्वर देवकाेटाले ६ सय ९४ मत प्राप्त गरेका छन्।

जनताकाे बीचमा लाेकप्रिय शाहीकाे लामाे राजनीतिक पृष्ठभूमि छ। आमा कला शाही र बुबा नरवीर शाहीबाट २०१९ कार्तिक ९ गते जन्मिएका थिए। प्राविधिक धारबाट एसएलसी गरेका उनले २०४६ सालबाट जनमाेर्चाकाे राजनीति सुरु गरेका थिए।

तर, पारिवारिक पृष्ठभूमि र कांग्रेसका दिवंगत नेता मानव सेजुवालसँगकाे संगतका कारण उनी २०५८ सालमा कांग्रेस प्रवेश गरे। त्यसैले उनी सेजुवाललाई सँधै आफ्नाे आदर्श गुरु मान्छन्। २०५६ सालसम्म उनी सिटीइभिटीकाे प्रशिक्षक जागिर छाेडेर निर्माण व्यवसायमा लागेका थिए।

२०५९ सालमा नेपाली कांग्रेस पार्टीको काेषाध्यक्ष भएका उनी १२औँ महाधिवेशनमा विजयी भएका थिए। १३औँ महाधिवेशनबाट प्रतिनिधिमा हारेका उनी १४औँ महाधिवेशनमा सबैभन्दा बढी मत लिएर विजयी भएका थिए।

२०७४ सालकाे प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका उनले नेपाली कांग्रेसकाे इतिहासमा सबैभन्दा बढी १४ हजार २ सय मत प्राप्त गरेका थिए। तत्कालीन समयमा एमाले र माओवादीकाे गठबन्धन हुँदा समेत पार्टीको साख जाेगाउन भनी चुनावी मैदानमा उत्रिएका थिए। लामाे त्याग र संघर्ष गरेका उनलाई यतिबेला पार्टीले अन्याय गरेपछि स्वतन्त्र उम्मेदवार बनेका थिए।

जनतामाझ लाेकप्रिय शाही चुनावी एजेण्डासँगै भावनात्मक मत लिन सफल भए। जनताकाे बीचमा रहेर उनीहरुका सुख/दुःखमा हातेमालो गर्न सकेकै कारण मतदाताकाे अपार माया पाउन सकेकाे उनकाे मत छ।

जागिर छाेडेर निर्माण व्यवसायमा लागेका उनले आजसम्म मजदुर ठगेकाे रेकर्ड भेटिँदैन। हरेक ठाउँमा ताेकिएकाे समयभन्दा अगाडि काम सकाउने उनी त्यहाँका स्थानीयसँग भिजेर काम गर्नेमा पर्छन्। सबैसँग व्यक्तिगत सम्बन्ध राम्राे बनाउन सक्नु उनकाे खुबी हाे। उनी हाल आएर व्यक्तिगत सम्बन्ध र कांग्रेसकाे भावनात्मक मतले विजयकाे माला पहिरिने अवस्थामा पुगेका छन्।

‘पार्टीले टिकट दिने बेला गुटगत राजनीति हावी हुँदा सच्चा कार्यकर्ताहरु अन्यायमा पर्ने अवस्था आएपछि स्वतन्त्र उम्मेदवारकाे रुपमा चुनावी मैदानमा उत्रिएका थिए,’ उनले भने,‘यताबाट मेराे नाम प्रतिनिधि सभाकाे सम्भावित उम्मेदवार भनेर पठाइएको जस्ताे गरियाे। तर, गठबन्धनकाे नाममा प्रतिनिधि सभा हामीले पाउनुपर्छ भनेर कुनै खालकाे लभिङ गरिएन। याे सरासर मलाई लत्याउने दाउ थियाे। त्यसैले मैले अन्यायकाे विरोध गर्नुपरेकाे हाे।’

पार्टीभित्र लगानी गरेका त्याग, तपस्या र बलिदानी दिएकाहरु पाखा लाग्दै जाने अनि भनसुन र चाप्लुसीका भरमा माखाे नमार्नेहरु नेता बन्दै जाने स्थिति आउँदा जनता कसकाे पछाडि छन् भनेर देखाउनलाई पनि चुनावी मैदानमा उत्रिनु परेकाे अनुभव सुनाउँदै उनले भने,‘आज मतदाताले देखाइदिएका छन्।’

जनता आफैंले राम्रो काम गर्ने, जनमत भएको र विश्वास पात्रकाे रुपमा उनकाे प्रचारप्रसार गरिदिएका थिए। २०६२/०६३ काे आन्दोलनमा प्रजातन्त्र प्राप्तिका लागि उनी संघर्षको मैदानमा लागेका उनले कयाैं पटक प्रहरीकाे कुटाइ समेत खाए। डाक्टर केसीका माग सम्बाेधन गराउन प्रहरीकाे कुटाइ समेत खाएका उनी कांग्रेसका कुसल संगठन निर्माण गर्ने नेताकाे रुपमा स्थापित छन्। प्रदेश आन्दोलनको अग्रमाेर्चामा रहेका उनले लोकतन्त्रका पक्षधर, कांग्रेस भित्रकै बहुमत सदस्य र अन्य दलको सम्मानजनक मतबाटै जित्न सम्भव भएकाे दाबी गरे।

‘मलाई मतदाताले दलभन्दा माथि उठेर मतदान गर्ने भनेका थिए। त्याे ब्यालेट बक्समा देखियाे,’ उनले भने, ‘वास्तविक उम्मेदवार जनताबाट अनुमाेदित हुन सक्नुपर्छ भन्ने मेराे मत थियाे। त्याे प्रमाणित म आफैले गरे।’

उनी तीन दशक यता राजनीतिमा सक्रिय छन्। तर, कुनै पनि खालकाे लाभकाे पाद लिएका छैनन्। निर्माण व्यवसायी हुँदा मजदुरदेखि गाउँका न्युन आय हुनेसँग हातेमालो गर्न सकेका कारण जनता उनकाे पक्षमा देखिए। उनले भने,‘सबैले मेरो आनी/बानीदेखि जीवनशैली राम्ररी बुझेका छन्। घरदैलोमा मैले कुनै सपना बाँडिन र पनि मलाई विश्वासको आधारमा चुनाव जिताए।’

उनले कांग्रेस पार्टी आफूजस्ता इमानदार कार्यकर्ताकाे लगानी र विभिन्न खालका आन्दोलनकाे प्रतिफल रहेकाे बताए। ‘तर, हाम्रो योगदानमा चाप्लुसी गर्नेहरुकाे रजाइँ हुनथालेपछि स्वभाविक विद्रोह गरेकाे हाे। अब पार्टीलाई सच्चिने बेला आएकाे छ। जाे काँग्रेस हराउँछ, उसले कारबाही भाेग्ने कि जनमत हुनेले कारबाही भाेग्नुपर्ने?,’ उनले प्रश्न गरे।

‘जुम्ली छोरो नस्ट हुन्छ, तर भ्रस्ट हुँदैन’ भन्ने मुख्य नारा बनाएका उनले अब इमानदारीताका साथ काम गरेर जनता सन्तुष्ट बनाउने बताए।

जुम्ली मतादाताकाे साथ सहयोगले जुम्लाको मुहार फेर्न सकिने उनको जोड छ। लामो समयदेखि शक्ति र सत्ताको आडमा राजनीतिलाई पेसा बनाई बसेका व्यक्तिहरु जुम्ला विकासकाे बाधक हुनाले विकास निर्माणका गतिविधि सही ढंगले हुन नसकेका कारण पनि आफ्ना अगाडि चुनाैती थपिएकाे उनले थपे।

‘शक्ति र सत्ताकाे आडमा गरिने अन्यायकाे विरुद्ध मेराे लडाइमा जनताकाे साथ सहयोगकाे ठुलो अपेक्षा छ,’ उनले भने,‘न्याय प्रेमी आम मतदाताहरु समृद्ध र सुन्दर जुम्ला बनाउने मेरो अभियानलाई सफल पार्न लाग्ने विश्वास लिएको छु।’

प्रकाशित मिति: : 2022-11-23 17:36:00

प्रतिकृया दिनुहोस्