बलिउड भारतीय चलचित्र क्षेत्रकाे सबैभन्दा धेरै फिल्म निर्माण गर्ने उद्योग हो। बलिउडले आफ्नो रेकर्ड तोड्न विभिन्न कलेक्सनका साथ उत्कृष्ट काम गरिरहेकाे छ।
बलिउडमा बहुमुखी र प्रतिभाशाली अभिनेत्रीहरूको ठुलो संख्या छ। समयसँगै बलिउडको स्तर बढेको छ भने कलाकारको पारिश्रमिक पनि बढेको छ। बलिउड अभिनेत्री कुनै पनि पुरुष कलाकारभन्दा पछि छैनन्।
प्रदर्शन, प्रचार वा फ्यान फलोइङ बढी हुनु, पर्दामा राम्राे प्रतिभा व्यक्त गर्न र आजको पुस्तामा प्रशंसकहरूको हृदयमा स्थान बनाउन धेरै गाह्रो छ।
तर बलिउड अभिनेत्रीहरूले यस्ता कुरालाई ध्यानमा राखेर काम गरेका हुन्छन्। याे अवस्थामा पनि उत्कृष्ट प्रस्तुति दिने र सबैभन्दा बढी पारिश्रमिक लिने बलिउड अभिनेत्री बन्न कठिन छ।
यी हुन् बढी पारिश्रमिक लिने भारतीय अभिनेत्रीहरू
दीपिका पदुकाेण
दीपिका बलिउडको सबैभन्दा राम्रो र लोकप्रिय अभिनेत्री हुन्। उनी 'ओम शान्ति ओम' मार्फत बलिउडमा प्रवेश गरेकी थिइन्। साही चलचित्रले उनले सर्वश्रेष्ठ महिला डेब्यूको लागि फिल्मफेयर पुरस्कार जितेकी थिइन्। उनले बलिउडमा धेरै ठुला बजेटका फिल्महरूमा काम गरिसकेकी छिन्। जुन बलिउडमा सबैभन्दा बढी कमाइ गर्ने फिल्महरूमा पर्दछन्।
उनले 'एक्सएक्सएक्स: रिटर्न अफ जेन्डर केज' मार्फत हलिउडमा डेब्यु गरेकी थिइन्, जुन व्यावसायिक रूपमा हिट फिल्म थियो। यही फिल्मले दीपिकालाई फ्यानबेस बढाउन मद्दत गरेको थियो।
उनको उपलब्धिहरूको बारेमा कुरा गर्दा- द टाइमले विश्वको १०० भित्र सबैभन्दा प्रभावशाली व्यक्तिको सूचीमा उनलाई समावेश गरेको थियो। उनको नाममा धेरै फिल्मफेयर पुरस्कारहरू छन्।
अभिनयकाे अलावा दीपिकासँग कपडाको ब्रान्ड छ भने उनी धेरै ब्रान्डहरूको एम्बेसडर हुन्। हाल दीपिकाकाे नयाँ फिल्म 'गेहरैयां' आउने तयारीमा रहेकाे छ।
जसका लागि उनले २२ करोड भारु पारिश्रमिक लिएकी छिन्। उनी सन् २०२२ को सबैभन्दा बढी पारिश्रमिक लिने बलिउड अभिनेत्री बनेकी छिन्।
कंगना रनावत
कंगना बलिउडकी उत्कृष्ट र प्रतिभाशाली अभिनेत्रीमा पर्छिन्। उनले 'ग्याङस्टर' बाट डेब्यू गरेकी थिइन्। उक्त चलचित्रले उनलाई सर्वश्रेष्ठ महिला डेब्यूबाट फिल्मफेयर पुरस्कार जितायाे।
कंगनाले हरेक चलचित्रमा अभिनयका कारण धेरै दर्शकको ध्यान खिच्ने गरेकी छिन्।
'राज', 'वन्स अपन अ टाइम इन मुम्बई' र 'कृष ३' लगायत उनका फिल्म व्यावसायिक रुपमा हिट भएका छन्। उनले 'क्वीन' (२०१४)' र 'तनु वेड्स मनु: रिटर्न्स ' (२०१५)' बाट लगातार दुई पटक सर्वश्रेष्ठ अभिनेत्रीको राष्ट्रिय फिल्म पुरस्कार जितेकी छन्।
कंगना सन् २०२० मा पद्मश्रीबाट सम्मानित भएकी थिइन् भने फोर्ब्स इन्डियाको सेलिब्रिटी १०० सूचीमा ६ पटक समावेश भएकी छन्। उनी आफ्नो बयानका कारण सधैं चर्चामा रहन्छिन्।
कंगना रनावत सन् २०२२ मा सबैभन्दा बढी पारिश्रमिक लिने बलिउड अभिनेत्रीको सूचीकाे दोस्रो नम्बरमा छिन्। उनले एउटा फिल्मका लागि १६ करोड भारु लिन्छिन्।
प्रियंका चाेपडा
बलिउडदेखि हलिउडसम्म आफ्नाे अभिनयले ख्याती कमाएकी प्रियंका बलिउडकाे सबैभन्दा व्यस्त नायिका हुन्। सन् २००० काे मिस वर्ल्ड विजेतासमेत रहेकी प्रियंकाले 'द हिरोः लभ स्टोरी अफ अ स्पाई' बाट डेब्यु गरेकी हुन्। उक्त फिल्मबाट उनी पद्मश्री पुरस्कारले सम्मानित भएकी छन्।
प्रियंकाले बलिउडका प्राय सबै ठुला कलाकारहरूसँग काम गरिसकेकी छन्। उनले फिल्म 'फेसन' काे लागि सर्वेश्रेष्ठ नायिकाकाे उपाधिसमेत प्राप्त गरेकी छन्। उनले 'बेवाच', 'इजन्ट इट रोमान्टिक' र 'क्वान्टिको' जस्ता सिरिजमा पनि अभिनय गरिसकेकी छिन्। प्रियंका एउटा फिल्ममा काम गरेबापत १४ कराेड पारिश्रमिक लिने गर्दछिन्।
४. कट्रिना कैफ
सन् २००३ मा 'बुम' फिल्मबाट अभिनय यात्रा सुरूवात गरेकी कट्रिना बलिउडकाे सफल नायिका हुन्। मोडलिङबाट बलिउडमा प्रवेश गरेकी उनले 'बूम' 'मिली ' लगायत नाम चलेका चलचित्रमा काम गरिसकेकी छन्।
सुरुमा उनको करिअर खासै राम्रो थिएन। किनभने उनी हिन्दी जान्दिनथिन्। तर पछि उनले केही चलचित्रहरू गरिन्, जुन बक्स अफिसमा हिट भए। यसले उनलाई लोकप्रियता र फ्यानबेस दियो। उनले एउटा फिल्मबाट १२ कराेडसम्म पारिश्रमिक लिने गर्छिन्।
करिना कपुर खान
बलिउडकी 'बेबाे' करिना कपुर खान बलिउडकाे सबैभन्दा व्यस्त तथा लाेकप्रिय अभिनेत्रीमा पर्छिन्। दुई दशकभन्दा बढी समय चलचित्र क्षेत्रमा काम गरिसकेकी करिना बलिउडकी एक स्थापित अभिनेत्री हुन्।
फिल्मको हरेक विधामा काम गरिसकेकी उनलाई भर्स्टाइल अभिनेत्री बनाएको छ। उनको पहिलो फिल्म 'रिफ्यूजी' अभिषेक बच्चनसँग थियो, उक्त फिल्मबाट उनले सर्वश्रेष्ठ महिला डेब्यूबाट फिल्मफेयर पुरस्कार जितेकी थिइन्। करिना एउटा फिल्ममा काम गरेबापत ११ कराेड पारिश्रमिक लिने गरेकी छन्।
आलिया भट्ट
'स्टुडेन्ट अफ द इयर' बाट बलिउडमा प्रवेश गरेकी आलिया लाेकप्रिय नायिका मध्येकी एक हुन्। फिल्म ब्रह्मास्त्र, रकी और रानी की प्रेम कहानीले उनलाई निकै चर्चामा ल्यायाे।
आलियालाई करण जोहरले फिल्म 'स्टुडेन्ट अफ द इयर' मा लन्च गरेका थिए। उनी धर्मा प्रोडक्सनका अन्य धेरै फिल्महरूमा देखा परेकी थिइन्, जसले उनलाई केही पुरस्कार र लोकप्रियता प्रदान गर्याे। उनको अभिनयकाे 'राजी' र 'हाइवे' मा तारिफ भएको थियो। तर उनका पछिल्ला फिल्म 'सडक २' र 'कलंक' ले बक्स अफिसमा राम्रो व्यापार गर्न सकेनन्।
आलियाले एउटा चलचित्रमा खेलेबापत नाै कराेड पारिश्रमिक लिने गर्छिन्।
अनुष्का शर्मा
'रब ने बना दी जोडी'मा शाहरुख खानसँग बलिउडकाे यात्रा थालेकी अनुष्का लाेकप्रिय तथा सफल नायिका हुन्। उनले बलिउडका प्रायः ठुला कलाकारसँग काम गरिसकेकी छन्।
उनी निकै महत्वाकांक्षी छिन् भने चुनौतीपूर्ण भूमिका निभाउन रुचाउँछिन्। जिरो र एनएच १० काे अभिनयबाट उनले अत्यधिक प्रशंसा पाएकी थिइन्।
अभिनयको साथसाथै उनी क्लिन स्लेट फिल्म्ज एक प्रोडक्शन कम्पनीको सह-संस्थापक हुन्। उनी 'नुश' नामको कपडा कम्पनीकाे मालिक पनि हुन्। उनको ठुलो फ्यानबेस छ। उनले एक फिल्मबापत सात कराेडसम्म पारिश्रमिक लिने गर्छिन्।
श्रद्धा कपूर
फिल्म 'तीन पत्ती'बाट अभिनयकाे यात्रा सुरू गरेकी श्रद्धा कपूर बलिउडकी प्रतिभाशाली र उदीयमान कलाकार हुन्। 'आशिकी २' काे सफलता प्राप्त गरेकी श्रद्धाकाे निकै ठुलाे फ्यानबेस रहेकाे छ।
श्रद्धाले एउटा फिल्मबाट छ कराेडदेखि सात कराेडसम्म पारिश्रमिक लिने गर्दछिन्।
कृति स्यानन
फिल्म 'हिराेपन्ती' बाट बलिउडकाे यात्रा तय गरेकी कृति बलिउडकाे व्यस्त नायिकामध्येकी एक हुन्। उनले हिराेपन्तीकाे अभिनयबाट सर्वश्रेष्ठ महिला डेब्यू फिल्मफेयर पुरस्कार जितेकी थिइन्।
त्यसपछि उनले निकै छोटो समयमा बलिउडका ठुला स्टारसँग काम गरिन्। उनले 'बरेली की बर्फी' र 'लुका छुपी' जस्ता कमेडी-रोमान्स फिल्महरूमा पनि काम गरेकी छन्। जसले उनलाई एक बहुमुखी अभिनेत्रीको रूपमा चिनायो र युवावस्थामा उनको क्रेजलाई पनि बढायो।
उनले एउटा फिल्ममा गरेबापत छ कराेड पारिश्रमिक लिने गरेकी छन्।
दिशा पटानी
'धोनी: द अनटोल्ड स्टोरी' बाट फिल्मी करिअर सुरूवात गरेकी दिशा पटानी बलिउडकाे सफल नायिकामध्थे एक हुन्।
'नेशनल क्रश' को समेत उपाधि प्राप्त गरेकी दिशाले सलमान खानसँग 'भारत', टाइगर श्राफसँग 'बागी २' लगायत अन्य थुप्रै फिल्ममा काम गरिसकेकी छन्।
हाल उनको फ्यान फलोइङ विश्वभर बढिरहेको छ। उनले ज्याकी चानसँग 'कुङ फू योगा' मा पनि काम गरेकी छिन्, जुन अहिलेसम्मकै सबैभन्दा धेरै कमाइ गर्ने चिनियाँ फिल्महरूमध्ये एकमा पर्दछ।
उनी एक फिल्म खेलेबापत पाँच कराेड पारिश्रमिक लिने गर्दछिन्।
एजेन्सीकाे सहयाेगमा