देशसँग जोडिएको भविष्य

अन्नपूर्ण पोष्ट

माेहन दाहाल

मंसिर ४ मा सम्पन्न निर्वाचन सातौं आवधिक हो। यो निर्वाचनमा ठूला दल र ती दलका शीर्ष नेता जति आलोचित भए, यसअघिको तुलनामा धेरै बढी हो। तर यहाँ स्मरणीय के छ भने प्रणालीगत असहमतिका आधारमा राजनीतिक नेतृत्वको आलोचना भएको छैन।

पाँच वर्षका लागि मताधिकार प्रयोग गरिसकेका छौं। हाम्रो एक मतले पक्कै राष्ट्रको भाग्य र भविष्य निर्धारण गर्नेछ। हामीकहाँ धेरै उमेदवार मत माग्न आएका थिए। पुराना र नयाँ दुवै किसिमका उमेदवारसँग हामी मतदाताले साक्षात्कार गरिसकेका छौं।

चुनावप्रचारको सिलसिलामा धेरै क्रिया, प्रतिक्रिया भए। विगतका चुनावका तुलनामा यसपटक दल र उमेदवारका धेरै बढी आलोचना भए। यहाँसम्मकि ठूला दलका कतिपय शीर्षनेतालाई राजनीतिक रूपमा सधैंका लागि निषेध गर्नुपर्छ भन्ने आग्रहका साथ ‘नो नट अगेन’ जस्ता विवादास्पद नारा पनि लागे। प्रजातन्त्रको पुनर्बहालीपश्चात् देशमा सरकार गठनार्थ चारवटा र संविधान निर्माणार्थ दुईवटा आवधिक निर्वाचन सम्पन्न भए।

प्रकाशित मिति: : 2022-11-30 09:42:00

प्रतिकृया दिनुहोस्