सत्ताको 'त्रुप-कार्ड' बन्दैछन् रेशम चौधरी, जेलमा भेट्न नेताहरूको ताँती

आम निर्वाचनले पश्चिम नेपालमा नागरिक उन्मुक्ति पार्टीको उदयसँगै यसका संस्थापक रेशम चौधरीलाई सत्ताको 'त्रुप-कार्ड'  बनाइ दिएको छ । कैलालीका तीन स्थानमा जित निकाल्दै क्लिन स्विप गरेको नागरिक उन्मुक्ति पार्टीले बर्दिया २ बाट रेशमकै बुबा लालबाबु चौधरीलाई स्वतन्त्र उम्मेद्वार उठाएर जिताएको छ । 

त्रिशंकु संसदमा चार स्थान जितेको नागरिक उन्मुक्ति पार्टीको मतले सरकार बनाउनका लागि अहम् भूमिका राख्छ । 

उनलाई आफ्नो पक्षमा पार्न सत्तारूढ गठबन्धनका तीन ठूला नेता पुष्पकमल दाहा प्रचण्ड, माधव नेपाल र डा. बाबुराम भट्टराईले रेशम चौधरीसँग भेटेका छन् । उनी यतिबेला ०७२ भदौ ७ मा टीकापुरमा भएको हिंसात्मक झडपमा कैलाली अदालतबाट दोषी ठहर भएपछि  डिल्लीबजारस्थित चारखाल कारागारमा छन् ।

नागरिक उन्मुक्ति पार्टीका एक केन्द्रीय सदस्यले बीएल नेपालीसँग कुरा गर्दै प्रचण्डले सोमबार अपराह्न, नेपालले मंगलबार बिहान र भट्टराईले दिउँसो चौधरीसँग भेटेर कुरा गरेको पुष्टी गरेका छन् । उनका अनुसार नेताहरूले नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराउने प्रस्ताव गरेका थिए। 

आम निर्वाचनले पश्चिम नेपालमा नागरिक उन्मुक्ति पार्टीको उदयसँगै यसका संस्थापक रेशम चौधरीलाई सत्ताको त्रुप कार्ड बनाइ दिएको छ । कैलालीका तीन स्थानमा जीत निकाल्दै क्लिन स्विप गरेको उनको नागरिक उन्मुक्ति पार्टीले बर्दिया २ बाट रेशमका बाबु लालबाबु चौधरीलाई स्वतन्त्र उठाएर जिताएको छ ।

नागरिक उन्मुक्ति पार्टी पार्टीका संरक्षक रेशम चौधरी निर्दोष रहेको ठान्छ र उनलाई जसले रिहाइ गर्न पहल गर्छ त्यही गठबन्धनमा सहभागी हुने सोचाइ बनाइरहेको छ । रेशमको रिहाइका लागि सर्वोच्च अदालतमा अपिल गरेको धेरै लामो समय भैसके पनि उनको सुनुवाइ भएको छैन । 

नागरिक उन्मुक्ति पार्टी सुदूर पश्चिम प्रदेश र  लुम्बिनी प्रदेश सरकार निर्माणमा पनि महत्वपूर्ण भूमिका राख्छ । पार्टीले प्रत्यक्षतर्फ सुदूर पश्चिम प्रदेशमा ५  र  लुम्बिनी प्रदेशमा  २ प्रदेश सभा सदस्य जितेको छ । दुबै प्रदेशमा १.०५ प्रतिशतको थ्रेसहोल्ड पनि कटाएकाले उसले थप प्रदेशसभा सदस्य पाउँने छ। 

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी रेशमकी श्रीमती हुन् । उनी कैलाली–१ बाट भारी मतका साथ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छिन् । यसैगरी  कैलाली–२ मा अरुनकुमार चौधरी, कैलाली–३ मा गंगाराम चौधरी निर्वािचत भएका छन् । 

प्रकाशित मिति: : 2022-12-01 22:30:00

प्रतिकृया दिनुहोस्