पल शाहको न्यायको माग गर्दै रक्तदान कार्यक्रम हुने

नाबालिग करणीको आरोपमा जेलभित्र रहेका अभिनेता पलको न्यायको माग गर्दै रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ।

पल शाह फ्यान क्लबले मंसिर १७ गते वसन्तपुरमा रक्तदान कार्यक्रममा गर्न लागेको हो। रक्तदान बिहान ८ बजेबाट सुरु हुनेछ।

पल कानुनी झमेलामा फस्नुअघि यो क्लबले उनको जन्मदिनमा विभिन्न सामाजिक कार्यहरु गर्ने गरेको थियो। अहिले भने उनको न्यायको माग गर्दै रक्तदान गर्न लागेको हो।

पललाई गत भदौमा नवलपुर जिल्ला अदालतले बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख क्षतिपूर्ति दिन आदेश जारी गरेको थियो। पल अहिले जिल्ला कारागार तनहुँमा छन्। 

प्रकाशित मिति: : 2022-12-01 13:24:00

प्रतिकृया दिनुहोस्