यस्तो छ आजको मौसम

File Photo
File Photo

हाल मुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन। बिहान मधेस र प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिक बदली छ।

दिउँसो प्रदेश १ र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति बागमती, मधेस लगायत लुम्बिनी, गण्डकी र प्रदेश १ का पहाडी भूभागमा आंशिक बदलीको आकलन गरिएको छ।

सोमबार प्रदेश १ का पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ भने राति प्रदेश १ का पहाडी र लुम्बिनीका एक-दुई स्थानमा आंशिक बदलीको सम्भावना छ।

प्रकाशित मिति: : 2022-12-04 06:28:00

प्रतिकृया दिनुहोस्