अनु र सरगम राईले ल्याए ‘भाकी सके’

गायक सरगम राई र गायिका अनु चौधरीको स्वर रहेको नयाँ गीत ‘भाकी सके’ सार्वजनिक भएको छ। गीतमा सरगम राईको शब्द तथा संगीत र बादल लिम्बूको एरेन्ज रहेको छ।

गीतको भिडियोमा सविन श्रेष्ठ र अनु शाहको अभिनय छ। प्रेम र रोमान्सका रमाइला किस्साहरू देखाउन खोजिएको भिडियो कालिन्चोक र आसपासमा छायांकन गरेको जनाइएको छ।

केशवराज भट्टको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियो प्रकाश खड्काले छायांकन गरेका हुन् भने सम्पादन दिनसन शाहको रहेको छ।

प्रकाशित मिति: : 2022-12-04 14:51:00

प्रतिकृया दिनुहोस्