गायक सुरज पण्डितकाे नयाँ गीत ‘मिरा’ सार्वजनिक भएको छ।
गीतमा सुरजका साथसाथै गायिका बेनिशा पौडेलको आवाज रहेकाे छ। गीतमा शब्द तथा संगीत सुरजको रहेको छ भने, संगीत संयोजन उर्गेन दोङकाे रहेकाे छ।
लक्षमण सुनारको निर्देशनमा रहेकाे ‘मिरा’ मा सुरज र ममता रोकायाकाे अभिनय रहेकाे छ। भिमसेन ठकुरीद्वारा खिचिएकाे भिडियोलाई सुनार आफैँले सम्पादन गरेका हुन्।
गीतमा देशभक्ति, प्रेम सम्बन्ध, हिमाली भेगमा रहेकी प्रेमिकालाई भेट्न जाँदै गर्दाको विषयवस्तुहरू समेटिएको छ।
गीत बुधबार सुरज पण्डित नामकाे युट्युब च्यानलबाट रिलिज भएकाे हाे।