सबै हारेको निर्वाचन तर देशले हार्न नपरोस् !

लोकान्तर

सुरेन्द्र नेपाल श्रेष्ठ

विभिन्न शंका–उपशंकाबीच नेपालमा ३ वटै तहको आवधिक निर्वाचन संम्पन्न भएको छ । अहिले विशेषतः प्रतिनिधि सभाको निर्वाचनमा केन्द्रित रही विभिन्न प्रकारका टीका टिप्पणीहरू हुने गरेको देखिन्छ । केन्द्रीय सरकारको निर्माण तथा विभिन्न संवैधानिक निकाय प्रमुखहरूको निर्वाचन समेत यही परिणाममा आधारित हुने भएको कारण पनि यसको बढी चर्चा हुनु स्वाभाविक हो ।

अहिले मुख्यतः माओवादी पार्टीले सर्वस्व गुमाएको र राष्ट्रिय स्वतन्त्र पार्टीले संसार जितेको जस्तो प्रचार भइरहेको छ । पत्रपत्रिका र सामाजिक सञ्जाल जताततै यिनै विषयलाई महत्त्व दिएको देखिन्छ । यसको एउटा ज्वलन्त उदाहरण अन्तिम परिणाम आउनु पूर्व नै माओवादीलाई १७ हजारको हत्या आरोप, जनयुद्ध शुरू गरेको १७ वर्षपछि संसद्मा १७ प्रतिनिधि पठाउन सकेको जस्ता आत्मरतिमा रमाएको देखिनु हो । अहिले दोलखाको निर्वाचन माओवादीको पक्षमा थपिएपछि यो मिथकले काम गर्न छाडेको छ । 

प्रकाशित मिति: : 2022-12-10 13:28:00

प्रतिकृया दिनुहोस्