गाउँपालिका महासंघको केन्द्रीय उपाध्यक्षमा हिमाका अध्यक्ष शाही

काँग्रेस जुम्लाकाे राजनीतिमा युवा पुस्ताकाे जबर्जस्त उपस्थिति उदाहरण दिँदा हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीको नाम अग्रस्थानमा आउँछ।

पदमा नभएकाे बेला उनी जनताकाे बीचमा थिए। २०७४ काे स्थानीय तहकाे निर्वाचनमा उनलाई जनताले रुचाएनन्। आफूलाई नरुचाउने जनतलाई उनले औधी रुचाए।

आफूलाई नरुचाउनुकाे कारण केलाए। त्यसले उनलाई जनताकाे बीचमा निरन्तर गइरहने प्रेरणा मिल्याे।

पार्टीको चाैधाैं महाधिवेशन चलिरहँदा भएकाे जिल्ला अधिवेशनबाट उनी पार्टी सचिवमा निर्वाचित भए। लगत्तै स्थानीय तहकाे निर्वाचन भयाे। माओवादीकाे किल्ला मानिएकाे हिमामा कांग्रेसकाे जग बस्याे। उनी भारी मतले अध्यक्षमा निर्वाचित भए।

अध्यक्षकाे पदभार ग्रहण गर्दै गर्दा उनले गरेकाे निर्णय र निर्वाचन अगाडि गरेकाे घाेषणापत्र अनुसार हिमा चलिरहेको छ। उनले ठुला सपना बाँडेका छैनन्। मसिना काम गरेका छन्, जसबाट जनतालाई प्रत्येक्ष रुपमा लाभ मिलिरहेकाे छ।

हिमाकाे शिक्षा, स्वास्थ्य, विकास निर्माणका गतिविधिमा उनकाे नेतृत्व सफल हुँदै गएकाे जनताले प्रतिक्रिया दिइरहेका छन्।

यसरी आफ्नाे कर्मले एकपछि अर्काे गर्दै सफल भएका अध्यक्ष शाही भर्खरै सम्पन्न गाउँपालिका महासंघकाे केन्द्रीय उपाध्यक्ष निर्वाचित भएका छन्।

कमलादीस्थित प्रज्ञा भवनमा ३ दिनसम्म चलेको तेस्रो राष्ट्रिय महाधिवेशनले उनलाई महासंघको उपाध्यक्ष चयन गरेको हो।

स्थानीय तहमा ठूलो दलको आधारमा अध्यक्ष र उपाध्यक्ष नेपाली काँग्रेस तथा महासचिव र सचिव दोस्रो ठूलो दल एमालेको भागमा परेपछि कांग्रेसबाट हिमा गाउँपालिकाकाे अध्यक्ष जितेका शाही केन्द्रीय उपाध्यक्ष बनेका हुन्।

जम्मा ३७ सदस्यीय केन्द्रीय कार्यसमिति रहेको महासंघको उच्च तहकाे नेतृत्वमा पुग्नु उनकाे नेतृत्व सीप हाे। सर्वसहमतिबाट बनेकाे समितिकाे कार्यकाल पाँच वर्षकाे हुनेछ।

यसअघि उनले केन्द्रीय अध्यक्षकाे उम्मेदवारी घाेषणा गरेका थिए। नेतृत्व चयन सर्वसहमतिबाट हुने भएपछि अन्तिम समयमा आफ्नाे दाबीबाट पछाडि हटेकाे उनले बताए।

‘हिमाकाे प्रभाव देशभर फैलिनेछ। हामी हाम्राे क्षेत्रमा जनताकाे सेवाकाे निम्ति निरन्तर खटिएका छाैं,’ उनले भने, ‘यही सन्देश देशभर दिएर जनताकाे सेवा कसरी गर्न सकिन्छ भनी अनुभव आदानप्रदान गर्नेछौं।’

गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनबाट जनप्रतिनिधि निर्वाचित भएपछि महाअधिवेशन भएको हो। महाधिवेशन पछि नयाँ कार्यसमिति सहित महासंघले घोषणा पत्र सार्वजनिक गर्ने तयारी गरेको छ।

यसैगरी जुम्लाका सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धिताल सदस्यमा निर्वाचित भएका छन्।

प्रकाशित मिति: : 2022-12-15 12:50:00

प्रतिकृया दिनुहोस्