सांगीतिक कार्यक्रमका लागि अमेरिका उडेकी गायिका आस्था राउत नेपाल फिर्ता भएकी छिन्। उनलाई डालस अध्यागमनले नेपाल फिर्ता पठाइदिएको हाे।
पर्यटक भीसामा सांगीतिक कार्यक्रम गर्न नपाइने कारण देखाउँदै आफूलाई अमेरिका प्रवेशमा रोक लगाइएको राउतको भनाइ छ।
गायिका राउतलाई सांगीतिक कार्यक्रम गर्न भिजिट भिषामा नभएर पफमेन्स भिषामा हुनुपर्ने कारण देखाउँदै अमेरिका प्रवेशमा रोक लगाइएको हो।
नेपाली युवा पप गायिकाको रूपमा चर्चित राउतको ‘चौबन्दीमा पटुकी’, ‘सालको पात टपरी’ ‘झुम्के बुलाकी’, ‘नाकैमा फुली’ लगायत आस्थाका थुप्रै गीत हिट छन्।