गजलकार प्रकाश किरणकाे ‘नजर जुद्दा खेरी’ तिमी मुस्कुरायौ नामक गजलको भिडियो युट्युब ट्रेन्डिङमा परेकाे छ।
गजलमा गायक तथा सङ्गीतकार थानेश्वर गौतम र सरु गौतमको स्वर रहेकाे छ। संगित पनि थानेश्वरले नै भरेका छन्।
विगत लामो समयदेखि गजल लेखनमा सक्रिय किरणको यो गजल लगातार ५ दिनदेखि युट्युब ट्रेन्डिङमा रहेको छ।
जिन्दगीको सफरमा जुधेका नजरहरुको विगतको दृश्यलाई यो गजलले मीठो शैलीमा पस्केको छ। पुष्प खड्का, स्मारिका ढकाल र रमेश चन्द्र सोडारीको अभिनय रहेको यो भिडियोको निर्देशन रामजी लामिछानेले गरेका हुन्।
काबु क्रियसनले निर्माण गरेको भिडियोमा समाजमा झाङ्गिदै गएको लिभिङ्ग टुगेदर र यस्ले निम्त्याएको समस्यालाई उगागर गरिएकाे छ।