निर्वाचन सर्वस्वीकार्य

गोरखापत्र

काठमाडाैँ

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ सफलतापूर्वक सम्पन्न भएको अवसरमा निर्वाचन आयोगद्वारा आयोजित जलपान समारोहमा समुपस्थित भई प्रमुख आतिथ्यता ग्रहण गरिदिनु भएकोमा सम्माननीय राष्ट्रपतिज्यूसमक्ष कृतज्ञता प्रकट गर्दै हार्दिक स्वागत गर्न चाहन्छु।

यस कार्यक्रममा विशिष्ट अतिथिको रूपमा समुपस्थित भइदिनु भएकोमा सम्माननीय उपराष्ट्रपतिज्यूसमक्ष कृतज्ञतासहित हार्दिक स्वागत गर्न चाहन्छु।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा समुपस्थित भई हामीलाई हौसला एवं प्रेरणा प्रदान गरिदिनु भएकोमा सम्माननीय प्रधानमन्त्रीज्यू, सम्माननीय प्रधानन्यायाधीशज्यू एवं राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यूप्रति स्वागत गर्दै आभार व्यक्त गर्दछु।

 

प्रकाशित मिति: : 2022-12-20 17:26:00

प्रतिकृया दिनुहोस्