विद्युत् गाडीलाई खै चार्जिङ स्टेसन ?

 विद्युत् प्राधिकरणले २०७६ असोज ९ गते घोषणा गर्‍यो– ‘विद्युतीय गाडीका लागि मुलुकभर ५१ वटा चार्जिङ स्टेसन बनाइनेछ।’ प्राधिकरणले यस्तो घोषणा गरेको तीन वर्ष बित्यो। तर १५ वटा चार्जिङ स्टेसनमात्रै बने। पर्याप्त चार्जिङ स्टेसन नहुँदा विद्युतीय सवारीको प्रयोग र प्रवद्र्धन हुन नसकेको सरोकारवालाहरू बताउँछन्।

चार्जिङ स्टेसन निर्माण गर्न सरकारले सहयोगी भूमिका नगरेको निजी क्षेत्रको आरोप छ। विद्युत् प्राधिकरणले तीन वर्षअघि मुख्य सडक तथा राजमार्गमा जोडिएका व्यापारिक भवन, सुपरमार्केट, सिनेमा हल, पार्क, विश्वविद्यालय, सरकारी निकाय, होटल तथा रेस्टुरेन्टका पार्किङ स्थलमा चार्जिङ स्टेसन बनाउने घोषणा गरेको थियो।

पेट्रोलजन्य इन्धनलाई छोडेर विद्युतीयमा फड्को मार्न भन्दै प्राधिकरण आफैंले चार्जिङ स्टेसन बनाउने घोषणा गरेको थियो। सरकारको राष्ट्रिय निर्धारित लक्ष्य (एनडीसी) मा विद्युतीय सवारीलाई प्रवद्र्धन गर्ने घोषणा छ। तर घोषणाअनुसार पूर्वाधार निर्माणमा सरकारको ध्यान छैन। 

प्रकाशित मिति: : 2022-12-24 16:39:00

प्रतिकृया दिनुहोस्