चलचित्र पत्रकारलाई मासिक रूपमा हजार रुपैयाँ दिने

File photo
File photo

चलचित्र पत्रकार संघ नेपालले चलचित्र पत्रकारलाई मासिक रूपमा हजार रुपैयाँ दिने भएकाे छ। 

संघले ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकार (संघका सदस्य) लाई मासिक रुपमा सामाजिक सुरक्षाभत्ता प्रदान गर्ने भएको हाे।

संघका अध्यक्ष दिनेश सिटौलाको अध्यक्षतामा बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रस्तावित कल्याणकारी कोष पूर्ण कार्यान्वयनमा नआउँदासम्म कार्यसमिति बैठकले ६० वर्ष उमेर पुगेका वा त्योभन्दा बढी उमेर भएका ज्येष्ठ पत्रकार (संघका सदस्य) लाई मासिक रुपमा सामाजिक सुरक्षाभत्ताबापत ६ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो।

‘यसले विधागत रुपमा पत्रकारिता गरिरहेकालाई उर्जा मिल्ने विश्वास लिएका छौं। विधागत पत्रकारितामा उहाँले दिनुभएको योगदानको कदर सङ्घले गरेको हो। हामीले कल्याणकारी कोषमार्फत सङ्घका सदस्यहरूको समस्यालाई न्यूनीकरण गर्ने लक्ष्य लिएका छौं’, अध्यक्ष सिटौलाले भने। उनले यस किसिमको सुविधा प्राप्त गर्ने सदस्यको वार्षिक नविकरण शुल्क मिनाहा गरिने जानकारी समेत दिए।  

साथै, बैठकले माघ १३ र १४ गते काठमाडौंमा चलचित्र पत्रकारहरुका लागि कार्यशाला आयोजना गर्ने निर्णय गरेको छ। यसका साथै चलचित्र पत्रकार संघ नेपालको नवौं महाधिवेशन फागुन १७ गते काठमाडौंमा गर्ने निर्णय समेत गरेको छ।

अधिवेशन प्रायोजनका लागि संघका सदस्यहरुले माघ १५ गतेसम्म अनामनगरस्थित संघको कार्यालयमा आफैं उपस्थित भई सदस्यता नविकरण गर्नुपर्ने निर्णय समेत गरेको छ। साथै संघले २४ जना पत्रकारलाई नयाँ सदस्यता प्रदान गरेको छ। 

प्रकाशित मिति: : 2023-01-06 12:08:00

प्रतिकृया दिनुहोस्