प्रदेश १ काे मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीकाे दावी पेश

नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश १ को मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखको कार्यालय पुगेर दावी पेश गरेका छन्।

उनले गठबन्धन दलका अन्य नेतासहित प्रदेश प्रमुख पर्शुराम खापुङको कार्यालय पुगेर दावी पेश गरेका हुन्।

नेकपा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका कार्कीलाई मुख्यमन्त्री बनाउनुपर्ने प्रस्तावसहित प्रदेशसभाका बहुमत सदस्यहरुले दावी पत्र दर्ता गराएका हुन्।

प्रदेशसभाका ९३ सांसदमध्ये ६० जनाको समर्थन लिएर कार्की प्रदेश प्रमुखसमक्ष पुगेका हुन्।

एमालेसहित माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीले कार्कीलाई समर्थन गरेका छन्। मुख्यमन्त्रीको नियुक्तिपछि शपथ ग्रहण तय हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: : 2023-01-08 16:17:00

प्रतिकृया दिनुहोस्