लम्कीचुहाबाट खैरो हेरोईन सहित एक जना पक्राउ

प्रहरीले अवैध लागु औषध (खैरो हेरोईन) सहित एक जनालाई पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय लम्कीचुहाबाट प्रहरी निरीक्षक शंकर खड्काको नेतृत्वको टोलीले अवैध लागु औषधसहित एक जनालाई पक्राउ गरेको हो।

ईलाका प्रहरी प्रमुख शंकर खड्का अनुसार  पक्राउ पर्नेमा जिल्ला कैलाली लम्कीचचुहा नगरपालिका वडा न. ३ चिसापानी बस्ने बर्ष ४० को बिजय मल्ल छन्।

प्रहरी निरीक्षक खड्काका अनुसार  जिल्ला कैलाली लम्कीचुहा नगरपालिका वडा न. ०१ राजिपुर स्थित लम्की टिकापुर सडक खण्डको साहारा होटल नजिक शंकास्पद तवरले हिडडुल गरी रहेका मल्लको शरीर खानतलाशी गर्दा  शरीरबाट ३२ ग्राम ५९० मिलिग्राम लागु औषध (खैरो हेरोईन) र थान-१ (एक) डिजटल तराजु समेत बरामद गरेको जानकारी दिए।

मल्ललाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 
 

प्रकाशित मिति: : 2023-01-25 21:04:00

प्रतिकृया दिनुहोस्