एमालेलाई राष्ट्रपति नदिने मुडमा माओवादी, राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय

नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले राष्ट्रिय सहमतिअनुसार राष्ट्रपति चयन हुनुपर्ने निर्णय लिएको प्रवक्ता कृष्णबहादुर महराले बताए। ‘राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमति कायम गर्नुपर्छ भन्नेमा धेरैले जोड दिनुभएको छ,’ प्रवक्ता महराले भने।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वासकाे मत लिँदा काँग्रेसले साथ दिएकाेले उसलाई पनि साथमा लिएर राष्ट्रपति बनाउने कुरा उठेकाे प्रवक्ता महराले बताए।

गत पुस १० मा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त गर्नुअघि सत्ता गठबन्धनमा राष्ट्रपति र सभामुख एमालेले लिने गरी सहमति भएकाे थियाे। सभामुख एमालेले लिए पनि राष्ट्रपति एमालेलाई नदिने मुडमा माओवादी देखिएकाे छ।

माओवादीकाे याे निर्णयसँगै अब राष्ट्रपति कुन पार्टीबाट बन्ने भन्ने अन्याैलता छाएकाे छ।

यता, एमालेले भने पूर्व सहमतिअनुसार राष्ट्रपति आफूले पाउनुपर्ने दाबी गरेकाे छ।

प्रकाशित मिति: : 2023-01-27 19:30:00

प्रतिकृया दिनुहोस्