भोक’को कथा लिएर आए लेखराज गिरी

सर्वाधिक चर्चा कमाउन सफल रेलको बाटो पुग्दैछ रे गीत लिएका लेखराज गिरीको भोक गीत सार्वजनिक भएको छ।

शुक्रबार लेखराज गिरी नामक युुटुव च्यानलबाट उक्त गीत सार्वजनिक भएको हो। गीतमा भोकले कतिसम्म दुुःख र कतिसम्मको सफलता दिन्छ भन्ने महत्वलाई देखाइएको छ। एउटा बालक आमा, बुवा, आफन्त विहीन भएपछि भोक–भोकै बस्नु पर्ने मात्र होइन सम्पन्नशाली सहर र गाउँको कथा गीतमा देख्न सकिन्छ।

गिरीको शब्द संगीतमा रहेको भोक गीतमा गाउँमा एक आमा औषधी अभावमा मृत्युवरण गरेको देखाइएको छ। र, एउटा भोकको अभावका बीचमा पनि एक बालक ठूलो भएसँगै सम्पन्न भएपछि सहयोग सहयोगी मन हुने कथावस्तु प्रस्तुत गरिएको छ।

कृष्ण केसीले आवाज रहेको गीतमा बाल आवाजमा रोशन केसीको साथ छ। सन्देश शाहले निर्देशन गरेको गीतमा सरस्वती खत्री, मुकेश लिम्बु, स्पेश लामिछाने, रेणु श्रेष्ठ लगायतको अभिनय रहेको छ।

प्रकाशित मिति: : 2023-01-28 17:55:00

प्रतिकृया दिनुहोस्