पल शाहलाई सफाइ दिने अदालतको फैसलाविरुद्ध उच्चमा पुनरावेदन

अभिनेता पल (पूर्णविक्रम) शाहलाई जबर्जस्ती करणीको मुद्दामा सफाइ दिने नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत पोखरामा पुनरावेदन दिएको छ। 

गत बिहीबार सरकारी वकिलको कार्यालयले जबर्जस्ती करणीको मुद्दामा अभियोग मागदाबीअनुसार सजाय हुनुपर्ने भन्दै निवेदन दर्ता गरेको हो।

पलका कानुन व्यवसायी कमलामोहन वाग्लेका अनुसार गत भदौ २१ गते बलात्कारको मुद्दामा पललाई सफाइ दिने नवलपुर अदालतको फैसलाविरुद्ध पुनरावलोकनको निवेदन दर्ता भएको हो।

प्रकाशित मिति: : 2023-01-29 17:38:00

प्रतिकृया दिनुहोस्