खेलकुदमा सुधार गरी उपलब्धि हासिल गर्न सकिन्छ: पूर्वमन्त्री बाँस्कोटा

File photo
File photo

नेकपा (एमाले) स्थायी कमिटी सदस्य गोकुल बाँस्कोटाले खेलकुद क्षेत्रको सुधार गरी उल्लेखनीय उपलब्धि हासिल गर्न सकिने विश्वास व्यक्त गरेका छन्।

नेपाल खेलकुद महासङ्घको दोस्रो महाधिवेशनको तयारी सम्बन्धमा आज  आयोजित पत्रकार सम्मेलनमा पूर्वमन्त्री बाँस्कोटाले मुलुकको खेलक्षेत्रको राष्ट्रिय नीतिका तयार गर्नुपर्नेमा जोड दिए। उनले खेलाडीको सुविधा र व्यवस्थापनका सम्बन्धमा आवश्यक सुधार गरी अन्तर्राष्ट्रियस्तरमा पदक प्राप्त गर्नु आजको आवश्यकता रहेको विचार राखे।

नेता बाँस्कोटाले भने, 'खेलकुद राष्ट्रिय गौरव, अन्तर्राष्ट्रिय पहिचान र आर्थिक कारोबार गर्ने ठाउँ भएकाले यसलाई राजनीतिबाट मुक्त गर्नुपर्छ।' महासङ्घका संयोजक पर्शुराम बस्नेतले आगामी फागुन ७ गते विराटनगरमा हुने दोस्रो अधिवेशनका लागि दुई सय १६ सदस्यीय केन्द्रीय कमिटी रहेको मूल व्यवस्थापन समिति र १५ वटा उपसमितिका संयोजक गठन गरेको जानकारी दिए।

एमाले अध्यक्ष केपी शर्माले महाधिवेशनको उद्घाटन गर्न  बाँस्कोटाले जानकारी दिए।

प्रकाशित मिति: : 2023-01-30 19:59:00

प्रतिकृया दिनुहोस्