मोहम्मद अफताव आलमलाई जन्मकैदको सजाय

फाइल तस्विर
फाइल तस्विर

पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ। जिल्ला अदालत रौतहटले नेपाली काँग्रेसका नेता तथा पूर्वसांसदसमेत रहेका आलमलाई बिहीबार जन्मकैदको फैसला सुनाएको हो।

न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले आलमसहित चारजनालाई दोषी ठहर गरेको हो। इजालसले आलमसहित उनका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनीलाई जन्मकैद हुने फैसला गरेको हो।

यस मुद्दामा प्रतिवादी बनाइएका मुक्ति साहले भने सफाइ पाएका छन्।

आलममाथि २०६४ साल चैत २७ मा भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको र विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मारेको अभियोग लागेको थियो।

सर्वोच्च अदालतको आदेशपछि आलम २०७६ असोज १९ मा पक्राउ परेका थिए।
 

प्रकाशित मिति: : 2024-04-25 21:50:00

प्रतिकृया दिनुहोस्