जहिले पनि भ्रष्टाचारकै दलदलमा देश

अन्नपूर्ण पोष्ट

सुरेन्द्र काफ्ले

सरकार फेरिनासाथ एउटा नारा सुनिन्छ, ‘भ्रष्टाचारमा शून्य सहनशीलता।’ तर, वास्तविकता ठीक उल्टो छ। पछिल्लो १० वर्षको तथ्यांकले भ्रष्टाचारको विकराल अवस्था देखाउँछ। यससम्बन्धी विश्वव्यापी सूचकांकमा सन् २०१२ देखि २०२२ सम्म सुधार भएको छैन। समीक्षा अवधिमा सूचकांक उस्तै अवस्थामा देखिए पनि जनताले भ्रष्टाचार अझ बढेको महसुस गर्दै आएका छन्। 

सुशासनविद् खेमराज रेग्मी राजनीतिक भ्रष्टाचार बढ्दै गएको बताउँछन्। ‘ठूला भ्रष्टाचार रोकिएका छैनन्। सानातिना रोकेर हुँदैन’, रेग्मी भन्छन्। राजनीतिक नेतृत्व नसुध्रिएसम्म भ्रष्टाचारमा कमी नआउने उनको ठम्याइ छ। ‘अझ भनौं प्रधानमन्त्रीको इच्छाशक्ति नभएसम्म भ्रष्टाचार नियन्त्रण हुँदैन। प्रधानमन्त्रीले मलाई चार पैसा दिन पनि पर्दैन, तपाईंहरूले पनि कतै लिएको थाहा पाए राम्रो हुँदैन भनेर सबै मन्त्रीलाई कडा निर्देशन गर्ने, त्यहीअनुसार आफूले पनि गर्ने हो भने कसले भ्रष्टाचार गर्ने आँट गर्ला ?’, उनी भन्छन्, ‘मन्त्रीले सचिवलाई मलाई एक पैसा बुझाउनुपर्दैन भने पनि भ्रष्टाचार घट्छ। तर, यहाँ मन्त्रीलाई पुर्‍याउनुपर्छ।’

प्रकाशित मिति: : 2023-02-01 11:22:00

प्रतिकृया दिनुहोस्