शाहरुख खान अभिनित फिल्म ‘पठान’ले विश्व बक्स अफिसमा ७०० करोड भारू कमाई गरेकाे छ। रिलिजको नवौं दिनमा पठानले विश्व बक्स अफिसमा ७०० करोडको आँकडा पार गरेको छ।
फिल्मले बुधबार भारतीय बक्स अफिसमा ५५ करोड भारुको ओपनिङ गरेको थियो।
हप्ताको मध्यमा रिलिज भएदेखि यसले पाँच दिनको विस्तारित सप्ताहन्तको मज्जा लियो। त्यो समयमा विश्वव्यापी रूपमा ५०० करोड भारुको आँकडा पार गर्न सकेकाे हाे।