नेपाली क्रिकेटरहरुको क्रिकेट खेल्ने भोक देखेर म नेपाल आए: प्रशिक्षक देसाई

राष्ट्रिय क्रिकेट टिमका तत्कालनी प्रशिक्षक मोन्टी देसाईले आफूलाई नेपाली जनता र क्रिकेटरको प्रभावकारी मायाले नेपाल तानेको बताएका छन्। 

सोमबार देसाई राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षकमा नियुक्त हुन साथ क्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा बाेल्दै उनले उक्त कुरा बताएका हुन्। तपाईँलाई कुन कुराले नेपाल तर्फ तान्यो ? भने पत्रकारको प्रश्नमा मोन्टीले नेपालबाट मायाको प्रभावकारी मायाले नेपाल तानेको बताएका हुन्। 

उनले भने, 'नेपाली मानिस र यहाँका क्रिकेटरहरुबाट पाएको मायाको कारणले गर्दा मलाई नेपाल तर्फ तान्यो, माया मात्र होइन, मैले यहाँका क्रिकेटरहरुको क्रिकेट खेल्ने भोक देखेर म नेपाल तर्फ आए।' 

उनलाई नेपाल क्रिकेट सघं (क्यान)ले आज दुई वर्षका लागि प्रशिक्षकमा सम्झौता गरेर नियुक्त गरेको हो। उनी यसअघि अनौपचारिक रुपमा नियुक्त नभए पनि त्रिवि मैदानमा खेलाडीहरुलाई प्रशिक्षक गराइरहेको थिए।

प्रकाशित मिति: : 2023-02-06 17:10:00

प्रतिकृया दिनुहोस्