राजनीतिकरण गरिएको एउटा शान्त जनावर

राजधानी दैनिक

रामसूदन तिमल्सिना

नेपाललगायत विश्वभरिका बहुसंख्यक हिन्दूले गाईलाई शताब्दीयौंदेखि नै पवित्र मान्दै आएका छन् । नेपालमा त लक्ष्मीका रूपमा तिहारमा बहुसंख्यक हिन्दूले गाईलाई पूजा गर्ने चलन नै छ । गाईलाई राष्ट्रिय जनावरका रूपमा समेत महत्व दिइएको छ । यतिबेला गाईकै विषयलाई लिएर ठूलो हलचल मच्चिएको छ । भातरमा भ्यालेन्टाइन डेको स्थानमा ‘काउ हग डे’ अर्थात् गाईलाई अंकमाल गर्ने दिनका रूपमा मनाउने घोषणा गरियो । जसको व्यापक विरोध भएपछि त्यो घोषणाबाट पछाडि हट्नुपरेको छ ।

भारतको पशु कल्याण बोर्डले ग्रामीण अर्थतन्त्रको मेरुदण्डका रूपमा गाई भएको भन्दै ‘काउ हग डे’ घोषण गरेको बताएको थियो । भारतको मत्स्यपालन पशुपालन र दुग्ध मन्त्राललाई सल्लाह दिने निकायका रूपमा पशु कल्याण बोर्ड रहन्छ । गाईलाई अँगालो हाल्नुभनेको वैदिक वा हिन्दू परम्परालाई प्रवद्र्धन गर्ने प्रयास भएको भन्दै विरोधसमेत भयो ।

प्रकाशित मिति: : 2023-02-13 11:23:00

प्रतिकृया दिनुहोस्