गायिका दीक्षिता कार्की र स्वप्न सुमन म्युजिकल लभस्टोरी फिल्ममा अनुबन्धित भएका छन्।
निर्देशक दिनेश राउतले गायिका कार्कीलाई आगामी म्युजिकल लभस्टोरी फिल्मको नायिकामा अनुबन्धित गरेका हुन्।
वैशाखदेखि छायांकन सुरु हुने तयारी गरिएको यो फिल्मपछि निर्देशक राउत शहीद गंगालाल श्रेष्ठबारेको फिल्म निर्देशनको तयारीमा छन्।