कारओके इन्टरटेन्मेन्टले मिस्टर मिस एण्ड मिसेस नेशनल प्रतियोगिता आयोजना गर्ने भएकाे छ।
कारओकेले साेमबार पत्रकार सम्मेलन गरेर मिस्टर मिस एण्ड मिसेस नेशनल २०२३ आयोजना गर्न लागिएकाे जानकारी दिएकाे हाे।
प्रतियोगितमा विश्वकै सबै राष्ट्रका मानिसहरुले भाग लिन पाउने र प्रतिस्पर्धी नेपाली नागरिक हुनुपर्ने छ। त्यसैगरी मिस्टर र मिसकाे लागि अविवाहित (उमेर १६ वर्षदेखि २६ सम्म) हुनुपर्ने छ। मिसेसकाे लागि ४० वर्ष नकटेकाे हुनुपर्नेछ। त्यस्तै प्रतिस्पर्धी उचाइ ५ फिटभन्दा माथि हुनुपर्ने छ।
कारओकेले मिसनेवा आईकन, मिसनेवा वल्र्ड, फेसन फुयुजन आइकन, लिटल फेसन फुयसन आईकन, स्पोर्टस आईकन नेपाल , मिस टिन नेशनल, र मिस नेशनल ट्यालेण्ट हण्ड तथा प्रतिभा प्रस्फुटन जसता सौन्दर्य प्रतियोगिताहरु आयोजना गर्दै आइरहेको छ।
त्यस्तै, प्रतियोगिताको विजेताले स्कुटर, इस्कलरशिप, एयरहोस्टेजको तालिम, चादिँको ताज, ट्रफि र गिफट पाउनेछन्। दोस्रो हुनेले ५० हजार नगद, मेकअप क्लास, चाँदीको ताज, ट्रफि र गिफट पाउनेछन् भने, तेस्रो विजेताले २५ हजार स्वमीग क्लास, चाँदीको ताज, ट्रफी र गिफ्ट पाउने छन्।