विन्दवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीलाई ५ दिन हिरासतमा राख्न अनुमति 

विन्दवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीलाई अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ। आइतबार साइबर ब्युरोले रेग्मीलाई पक्राउ गरेको थियो। 

थाइल्याण्डबाट नेपाल आउँदा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन्।

सामाजिक संजालमार्फत महेशचन्द्र आचार्यविरुद्ध अपशब्द प्रयोग गरेको आरोपमा उनलाई पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ। 

सांगीतिक क्षेत्रका आचार्यले प्रहरीमा रेग्मी विरुद्ध जाहेरी दिएका थिए। विद्युतीय स्वरूपमा चरित्र हत्या हुने फोटो सहितको सामग्री रेग्मीले सामाजिक सञ्जालमा पोष्ट गरेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए। 

ब्युरोले उनलाई सोमबार जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागी उपस्थित गराएको थियो।

प्रकाशित मिति: : 2023-02-21 12:22:00

प्रतिकृया दिनुहोस्